संघीयताको एजेण्डा खुसुक्क घुसाइएको थियो : बाँस्कोटा

काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटाले नेपालमा संघीयताको एजेण्डा खुसुक्क घुसाइएको दाबी गरेका छन्।

संघीयतामा कुनै देश किन गए भन्ने कुराको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपालमा जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाइएको उनको दाबी छ।

सोमबार मात्रै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने प्रस्ताव सार्वजनिक गरेका बेला एमालेका प्रभावशाली नेता बाँस्कोटाले संघीयताको एजेण्डा खुसुक्क घुसाइएको बताएका हुन्।

बाँस्कोटाले संघीयतासँगै धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस हुनुपर्ने बताएका छन्।

उनले संघीयताबारे नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आएको र नेताहरु त्यसमै बग्दै आएको टिप्पणी पनि गरेका छन्।