पारस शाहलाई दुर्व्यवहार गर्ने ट्राफिक प्रहरीलाई कारबाही हुनुपर्छ : पूजना प्रधान

काठमाडौं । नायिका पूजना प्रधानले पूर्व युवराज पारस शाहको हात समाउने र दुर्ववहार गर्ने ट्राफिक प्रहरीलाई कारबाहीको माग गरेकी छन । सामाजिक सञ्चाल फेसबुक पेजमा प्रतिक्रिया जनाउँदै उनले यसो लेखेकी हुन् ।


उनले लेखेकी छन्,’तिम्रा लागि पूर्वयुवराज होलान हाम्रा लागी त अहिले पनि युवराज नै हुन् र भोलीको राजा । हुन त नियममा आफु बसें अरु पनि बस्ने हो तर अहिले सम्म कुन चाहिँ नेताहरु नियममा बसेका छन र हाम्रो युवराज बस्नुपर्ने आक्रोशित हुदै उनले प्रश्न गरेकी छिन । युवराजको हात समाउने र दुर्व्यवहार गर्ने ट्राफिकलाई यथाशीघ्र कारवाही होस, राजा आउ देश बचाउँ ।

’महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले युवराज र प्रहरी बिच लफडा भएको थियो । हेल्मेट नलगाई अत्यधिक मादक पदार्थ सेवन गरी आएका शाहलाई लगाउन अनुरोध गर्दा प्रहरीमाथि जाईलागेको प्रहरीले जनाएको छ ।