बाबुरामको ओलीप्रति कडा टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनप्रति कडा टिप्पणी गरेका छन् ।

ओलीको भनाईप्रति टिप्पणी गर्दै डा. भट्राईले, ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको,’ भन्दै लेखेका छन्, ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना उल्टै जो चोर उसको ठुलो स्वर’

अदालतले दोस्रो पटक प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि संसदमा सम्बोधन गरेका ओलीले सरकार परिवर्तन हुनु, गठबन्धन बन्नु तथा सरकारका न्युनतम साझा कार्यक्रममाथि केन्द्रित रहेर अभिव्यक्ति दिएका थिए ।