पाैडेल समूहका जिल्ला सभापतिहरु अनशन बस्ने

काठमाडाैं । नेपाली कांग्रेसकाे पाैडेल समूहका जिल्ला सभापतिहरुले पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा आजदेखि अनशन बस्ने भएका छन्।

क्रियाशील सदस्यताकाे सूची सार्वजनिक गर्न माग गर्दै साेमबार धर्ना बसेका नेताहरु आजदेखि अनशन बस्ने भएका हुन्।

कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमलाले आजदेखि  २४ घण्टे रिले अनशन सुरु गर्न लागेकाे जानकारी दिए।

क्रियाशील सदस्यताकाे सूची सार्वजनिक गर्नुपर्ने, त्रुटि भएमा तुरुन्तै सच्याउनुपर्ने र एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला सभापति र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिहरुकाे समान हैसियत हुने गरी व्यवहार हुनुपर्ने माग राखेर आफूहरु अनशन बस्ने धमलाले बताए।

अनशनमा धमलासहित नुवाकाेटका जिल्ला सभापति जगदिशनरसिंह केसी र काभ्रेका मधु आचार्य सहभागी हुने छन्।

‘हामीले इन्धनकाे मूल्यवृद्धि फिर्ता लिन पनि दबाब दिने छाैँ’, धमलाले भने’ कांग्रेसकाे सरकार भएका बेला पनि अस्वभाविक मूल्यवृद्धि स्वीकार्य छैन।’