ह्यारी केन टोटनह्याममै रहन चाहान्छन्

इंग्ल्याण्ड । इंग्ल्याण्डका कप्तान ह्यारी केनले तत्कालका लागि टोटनह्याममै रहने बताएका छन् । उनले आफू टिमलाई सफलता तर्फ लैजानका लागि भरपुर मेहनत गर्ने बताएका छन् ।

म्यानचेस्टर सिटी केनलाई भित्र्याउन चाहन्थ्यो । त्यस सम्बन्धमा टोटनह्यामका अध्यक्ष ड्यानिएल लेभीसँग केनको मौखिक सहमित भएको पनि विश्वास गरिएको थियो । तर यो समर केनले क्लब छोड्ने सम्बन्धमा कुनै छलफल गर्न लेभी मानेनन् ।

२८ वर्षका केन कम्तीमा तत्कालका लागि टोटनह्याममै रहने भएका छन् । केनले गएको आइतबार वूल्भ्समाथि १–० को जित निकाल्ने क्रममा यो सिजनको पहिलो खेल खेलेका हुन् ।