जयसिंह धामीको परिवारलाई दश लाख राहत दिने सरकारको निर्णय


काठमाडौं । सरकारले महाकालीमा भारतीय पक्षले तुइन काटिदिँदा मृत्यु भएका जयसिंह धामीका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीका परिवालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । साउन १५ गते तुईबाट खोला तर्ने क्रममा भारतीय सुरक्षा फौजले काटिदिँदा कर्णालीमा खसेका थिए ।

उनको अझै पनि शव फेला गरेको छैन। घटनाको छानबिन गर्न सरकारले समिति बनाए पनि अझै प्रतिवेदन सार्वजनिक गरेको छैन ।