तालिबानी अत्याचारका विरूद्ध अफगानिस्तानी क्रिकेटर रासिद खानले मुख खोले

अफगानिस्तान । अफगानिस्तानी क्रिकेटर रासिद खान पछिल्लो समय आफ्नो देशको अवस्थाप्रति निकै चिन्ता लागेकाे बताएका छन । 

बिहीबार साँझ काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा  बिस्फोट भएपछि रासिदले ट्विटरमा काबुलमा फेरि रगत बगिरहेको छ।  कृपया अफगानको हत्या गर्न बन्द गर भनेर लेखेका छन ।  

हाल क्रिकेट खेल्न इंग्ल्यान्डमा रहेका रासिदले शान्तिको कामना गर्दै दाेस्राे पटक ट्विट गरेका हुन । बिहीबार भएका बिभिन्न बिस्फोटमा २८ तालिवानी लडाकु मारिएको बताइएकाे छ । 

यता अमेरिकी रक्षा मन्त्रालयले बिहीबारको बिस्फोटमा १३ जना अमेरिकी सैनिक मारिएको र १८ जना घाइते भएको बताएकाे छ ।