गगन थापा रामचन्द्र समूहबाट महामन्त्री लड्ने


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गरेका केन्द्रीय सदस्य गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गरेको पत्रकार सम्मेलनमा देखिएका छन्।

भदौ १४ गते सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यकर्ता भेलामा उनले केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका थिए।

महामन्त्री लड्ने घोषणा गरेको तीन दिनपछि वरिष्ठ नेता पौडेलसहित उनी पक्षका शीर्ष नेताहरू उपस्थित पत्रकार सम्मेलनमा थापा पनि सहभागी भएका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै आफूहरू एक रहेको सन्देश पौडेलले दिएका थिए। पौडेलले छलफल गरेर आफ्नो समूहबाट एक जना सभापतिको उम्मेदवार हुने बताए।