नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष नै बलात्कारी निस्किएपछि हंगामा

रोल्पा । नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष नै बलात्कारी निस्किएपछि हंगामा भएको छ ।कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

स्थानीय ४३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा भदौ ८ गते खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नरेश सुवेदीले जानकारी दिए।

खत्रीमाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी सुवेदीले जानकारी दिए ।

पीडित महिलाले खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएकी थिइन्। उनको रोल्पा अस्पताल रेउघामा स्वास्थ परीक्षण गरिएको छ।