पर्यटन क्षेत्रको विकास गर्न शिव मन्दिरमा महायज्ञ लगाइने

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीमा पर्यटन क्षेत्रको विकास गर्न शिव मन्दिर स्थापना गरेको छ । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले निर्माण गरिएको धार्मिकस्थल शिव मन्दिरमा महायज्ञ लगाइने भएको छ ।

आज यसबारेमा जानकारी दिँदै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक भूपेन्द्र बुढाथोकीले ताथलीको फैढोकामा निर्माण गरिएको शिव मन्दिरमा रहेको शिवको मूर्तिमा प्राण प्रतिष्ठा गर्ने र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले भएकोले वैशाख १ गतेदेखि महायज्ञ लगाउन लागेको जानकारी गराएका छन् ।

२०७९ वैशाख १ गतेबाट हुने महायज्ञ ९ गते सम्पन्न हुने जानकारी दिँदै उनले महायज्ञमा राष्ट्रिय बालव्यास पं मुकुन्द नेपालले कथा प्रवचन गर्ने बताइएका छन् । वैशाख १ गते नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वाध्यक्ष प्राडा रामचन्द्र गौतमको नेतृत्वमा कलश यात्रा गरिने संयोजक बुढाथोकीले जानकारी गराइएका छन् ।