प्रदेश नं १ का मुख्यमन्त्री परिवर्तन हुँदै शेरधनले गरे भीम आचार्यलाई प्रस्ताव


काठमाडौं । प्रदेश नं १ का मुख्य मन्त्री परिवर्तन हुने भएका छन् । संघ सरकार परिवर्तनसँगै देखिएको प्रदेश सरकारको शक्ति परिवर्तनमा ओली पक्ष र नेपाल पक्षको कता कता समीकरण जस्तै गरी सत्तामा लुकीछिपी साझेदार गरेको पनि भान हुन थालेको छ । यतिखेर प्रदेशन नं १ का मुख्य मन्त्री शेरधन राईकै प्रस्तावमा भीम आचार्य मुख्य मन्त्री हुने संकेत देखिएको छ । ।

आचार्यलाई दलको नेता चयन गर्न आज ११ बजे एमाले प्रदेश(१ संसदीय दलको बैठक बस्दैछ । बैठक बारेमा सांसदहरुले सार्वजनिक नबोले पनि ११ बजे फाइनल भएको र नयाँ संसदीय दलको नेता चयन हुने उनीहरुको भनाइ छ।
श्रोतका अनुसार संसदीय दलको नेतामा भीम आचार्य चयन हुने र ३ बजेभित्रै मुख्यमन्त्रीको सपथ लिने सम्भावना छ।’

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ मुख्यमन्त्री शेरधन राईले लचकता देखाउन लागेका हुन् ।

२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन २६ का विरुद्ध २४ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए। खोटाङका सांसद राजन राईको मत बदर भएको थियो। साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।

२०७४ फागुन २ मा मुख्यमन्त्री भएका राई २०७८ भदौ १० मा आएर त्याग गर्न तयार भएका छन् । ९३ सदस्यीय प्रदेश(१ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन् । ४७ सदस्यले मुख्यमन्त्री बन्ने मत पुग्ने भएकोले जतिसक्दो जोगाउन कुनै समयका प्रतिस्पर्धी राई र आचार्य एकै कित्ता भएका छन् ।