औलो नियन्त्रण गर्न टोली बाजुरा आइपुग्यो

बाजुरा, ४ असोज . बाजुराको उत्तरी क्षेत्र कोल्टीमा देखिएको मलेरिया रोगको संक्रमण नियन्त्रणका लागि केन्द्रीय टोली बाजुरा आइपुगेको छ ।
टोलीले कोल्टी क्षेत्रमा देखिएको संक्रमणको अवस्था अध्ययन गर्नुका साथै नियन्त्रणका लागि समेत आवश्यक उपचार सेवा शुरु गर्ने भएको छ ।
कोल्टी आसपासका बस्तीमा यसअघि मलेरियाका २६ जना बिरामी भेटिएका थिए । स्वास्थ्य सेवा विभाग, सरुवा रोग तथा महामारी व्यवस्थापन शाखाको टोली मंगलबार आइपुगेको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनुभएको छ ।
टोलीमा भेक्टर कन्ट्रोल इन्स्पेक्टर र ल्याव टेक्निसियन रहेका छन् । टोलीले मंगलबारै प्रभावित सातवटै बस्तीबाट सातजना स्वयंसेवक छनोट गरी लामखुट्टे नष्ट गर्ने औषधि प्रयोग गर्ने तरिका समेत सिकाएर नियन्त्रणमा लाग्ने बताइएको छ ।
दशैँ तिहारमा मान्छेको चहलपहल बढी हुने र संक्रमण फैलिने डर बढी हुने भएकाले त्यही अवस्थालाई मध्यनजर गरेर नियन्त्रण प्रयास शुरु गरिएको छ । सातजना स्वयंसेवकका लागि सहजीकरण गर्न कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका दुईजना सुपरभाइजर तोकिएको छ ।
कोल्टी क्षेत्रमा ४,०८४ जना मलेरियाको उच्च जोखिममा रहेका छन् । लामखुट्टे मार्ने विषादी पालैपालो स्पे्र गरेर महिना दिनसम्म प्रयोग गरिने भएको छ ।
त्यस्तोबेलामा गाईभैँसीका गोठ, माहुरीका घारमा असर पर्ने सम्भावना भएकाले विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...