गरिमा र लुम्बिनी जनरलले बोनश शेयर दिने

0
435
काठमाडौँ। गरिमा बिकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सले क्रमशः १५ र १२.८२ प्रतिशत बोनस शेयर दिने भएका छन्। दुबै कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।
गरिमाको चुक्ता पूँजी हाल दुई अर्ब २० करोड रुपैयाँ रहेको छ। कम्पनीले गत वर्ष पूँजी वृद्धिका लागि ७० प्रतिशत हकप्रद निष्कासन गरेको थियो। कम्पनीको गत आर्थिक बर्षको मुनाफा ३४ करोड रुपैयाँ। बैंकले पाँच आर्थिक वर्ष देखि निरन्तर २० प्रतिशतको आसपास लाभांश दिदै आएको थियो।
लुम्बिनी जनरल इन्स्योरेन्सले गत वर्ष १९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार चुक्ता पूँजी ७८ करोड रुपैयाँ रहेको छ। गत बर्ष शतप्रतिशत हकप्रद शेयर जारी गरि कम्पनीले पूँजी त्यति पुर्याएको हो। चार महिना अघि दिइएको हकप्रद शेयरलाई समेत गणना गरेर लाभाशं घोषणा गरिएको कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here