काठमाडौँ । आइतबार बिहान निधन भएका प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । साँझ ५ बजे माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रकाशका पिता पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा दागबत्ति दिए ।
हजारौं शुभचिन्तकहरुको उपस्थिति रहेको पशुपति आर्यघाटमा शोकाकुल प्रचण्डलाई भेटन् र प्रकाश दाहालको अन्तिम बिदाईका लागि सकारका मन्त्रीहरु तथा विभिन्न दलका शीर्ष नेताहरुको उपस्थित भएका थिए ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण, मसालमा महामन्त्री मोहनविक्रम सिंह, सरकारका मन्त्री तथा प्रचण्डका चुनावी प्रतिस्पर्धी बिक्रम पाण्डे, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, विभिन्न सुरक्षा निकायका अधिकारीहरु, कलाकारहरु, माओवादी केन्द्रका अधिकांश नेताहरु, उद्योगी ब्यवसायी तथा शुभचिन्तकहरु लगायतले पशुपति आर्यघाटमा पुगेर अन्तिम श्रद्धाञ्जली दिनुका साथै शोकमा डुबेको परिवार जनमा समवेदना प्रकट गरेका थिए ।
पेरिशडाँडाका साँढे २ घण्टा
काठमाडौंको नर्भिक अस्पतालबाट दिँउसो १ बजे उनको पार्थिव शरीर पार्टीका केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि ल्याइएको थियो । पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशलाई श्रद्धाञ्जली अपर्ण गर्न उपराष्ट्रपति देखि हजारौं शुभचिन्तकको भीड लागेको थियो ।साँझ पाँच बजे आर्यघाटमा झन्डै आधा घण्टा प्रकाशको शब अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । धार्मिक कार्य तथा अन्तिम श्रद्धाञ्जली समापन पछि पुष्पकमल दाहाल प्रचण्डले आफूले लगाएको कोट र जुक्ता फुकाले । अनि चितामा राखेको प्रकाशको शबको ३ पटक परिक्रमा गरेर दागबत्ति दिए । दागबक्ति दिएपछि उनले प्रकासको अन्तिम बिदाईका लागि आएका शुभचिन्तकहरुको भीडतर्फ दुबै हात उचालेर आभार प्रकट गरे ।
बाबुराम भट्टराईले मुठ्ठी उठाएर श्रद्धाञ्जली दिए
गोरखामा चुनावी कार्यक्रममा ब्यस्थ रहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई प्रकाश दाहालको मृत्युको खबर सुन्ने बित्तिकै काठमाडौं फर्किए । दिँउसो साँढे १ बजेदेखि श्रद्धाञ्जलीका लागि कोटेश्वरको पार्टी कार्यालयमा राखिएको प्रकाशको पार्थिव शरप्रमा श्रद्धाञ्जली ब्यक्त गरे भने आफ्ना पूर्व सहकर्मी समेत रहेका प्रचण्डसँगै बियोगमा आँशु झारे । साँझ अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट पुगेका भट्टराईले मुठ्ठी उचालेर र पार्थिव शरीरलाई नमस्कार गरेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।