सचिवको संलग्नतामा गैरकानूनी काम, कोरियाको रकम मिलेर हाम

काठमाडौं, मंसीर । विदेशी दातृ निकायहरुले कुनै पनि गतिविधि वा कार्यक्रम सञ्चालन गर्नु परे अर्थ मन्त्रालयको स्वीकृतिमा नै बजेट ल्याउने गरिएको देखिन्छ । सामाजिक संघसंस्थाले कार्यक्रम गर्नु परे समाज कल्याण परिषद्बाट स्वीकृत गरेपछि मात्र विदेशी दातृनिकायको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गर्ने परिपाटी लामै समयदेखि चल्दै आएको छ । 
तर कृषि विकास मन्त्रालयमा पछिल्लो समयमा त्यस्ता दातृनिकायका काम व्यक्तिगत कारोबार गरिएको फेला परेको छ । हुन कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरु सरकारी तलव खाएर मन्त्रालय मै बसेर गैरसरकारी संस्थाका विभिन्न कृषि योजनाका प्रस्ताव तयार गरिदिने र गैरसरकारी संस्थाहरुसँग लविङ्ग समेत गरिदिने र कन्सल्टेन्टका रुपमा अहिले होइन पहिलेदेखि नै काम गर्दै आईरहेका छन् ।
त्यत्तिमात्र होइन कृषि क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुले जति नै किसान मारा काम गरेपछि मन्त्रालयका नियमन गर्ने उच्च अधिकारीहरु तँ चुप मै चुपमा बस्ने गरेका छन् । कारण कृषि विकास मन्त्रालयबाट अवकाश प्राप्त पछि तिनै गैरसरकारी संस्थामा गएर जागिर खाने परिपाटीका कारण यो अवस्था आएको हो ।
यतिखेर कृषि विकास मन्त्रालयमा चर्चा र बहसको विषयका भनेको छ कोरियन दातृ निकाय कोइकाको सहयोगको विषयमा । कृषि विकास मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय शाखामा कार्यरत उपसचिव विनोद भट्टराईले यतिखेर कोरिया पुगेका छन् । सो भ्रमण उनले व्यक्तिगत भनेको भएपनि कृषि विकास मन्त्रालयभित्र कै कार्यक्रम गैरकानूनी किमिमले गरेको उनलाई आरोप लागेको छ । उनले सो महाशाखामा कार्यरत रहँदा अधिकांश विदेश भ्रमण गरेका मात्र होइनन् कोइकाले उपलब्ध गराएको रकम आफ्नै खातामा राख्न लगाएर कृषि विकास मन्त्रालयकै नाममा कार्यक्रम समेत गराएका थिए ।
कोरियन संस्थाले दिएको करीव १० हजार डलर बराबरको कार्यक्रम मन्त्रालयको खातामा नआई भट्टराईको खातामा जम्मा भएको र उनले त्यहीबाट खर्च गरेको बुझिएको छ । उनले गर्ने ती प्रत्येक कार्यमा सचिव डा. सुरोज पोखरेलेका संलग्नता समेत देखिन्छ । भट्टराईले कोरियन संस्थाको सहयोगमा आफ्नो खातामा जम्मा गराएको रकमल गरेका अधिकांशा कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेर भत्ता पचाउने काम सचिव पोखरेलले गरेका थिए । कृषि विकास मन्त्रालयका अधिकांश उपसचिव मध्ये पनि क्रियटिभ उपसचिवका रुपमा चिनिएका भट्टराई यतिखेर बदनाम भएका छन् ।
मन्त्रालयमा घर विदा स्वीकृत गराएका उनी कोरिया पुगेपछि चर्को बहश शुरु भएको छ । विदामा बसेका भट्टराई सरकारी कर्मचारीले प्रयोग गर्ने निलो पासपोर्टमै भिसा लगाएर कोरिया पुगेको श्रोतले बताएको छ । कोरियामा रहेका भट्टराईलाई सम्पर्क गर्दा उनले आफू व्यक्तिगत रुपमा कार्यपत्र प्रस्तुत गर्न आएको बताए । तर निलो राहदानी प्रयोग किन गरेको त भन्ने जिज्ञासामा उनी बोल्न चाहेनन् । सचिव पोखरेलकै सहयोगमा उनले मन्त्रालयमा आउनु पर्ने बजेट आफ्नो खातामा राख्न लगाएको समेत बुझिएको छ ।
एमाले निकट मानिएका भट्टराईले गरेका कतिपय काम गलत भएको भन्दै एमाले निकट कर्मचारी संगठन नै उनको विपक्षमा उभिएको छ । उनले सो महाशाखामा बसेर गरेका कतिपय कामहरु गलत भएको भन्दै पछिल्लो समयमा कृषि विकास मन्त्रीले गरेको सरुवामा उनी पनि परेका थिए । हुन त लामो समय सोही महाशाखामा बसेका भट्टराईलाई एमालेनिकट भएकै कारण त्यहाँबाट कृषि विभागमा सरुवा गरिएको उनले आरोप लगाएका छन् । उनले जे जति गैरकानूनी काम गरे ती सम्पूर्ण काममा सचिव पोख्रेलको संलग्नता देखिएको छ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...