वामपन्थीलाई विजयी गराउन बुद्धिजीवीको आग्रह

काठमाडौँ, १६ मंसिर। काठमाडौँ क्षेत्र नं ४ मा रहेका विभिन्न बुद्धिजीवीले आशन्न निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । आज यहाँ भएको भेलामा उनीहरुले प्रतिनिधिसभामा सो क्षेत्रमा नेकपा (एमाले) का डा. राजन भट्टराईसहितका उम्मेदवार जित्नुपर्ने जनाएका हुन् ।

डा भट्टराई वैदेशिक मामिलाका विज्ञसमेत भएकाले आफूहरु खुलेको बुद्धिजीवीको भनाइ छ । भेलामा उम्मेदवार डा भट्टराईले भावी सन्ततिका लागि सही दिशा दिन वाम गठबन्धनले जित्नुपर्ने बताउनुभयो । सो क्षेत्रमा प्रदेशसभा १ र २ का उम्मेदवार क्रमशः निर्मल कुईंकेल र कुसुमकुमार कार्की उम्मेदवार हुनुहुन्छ ।

बुद्धिजीवी सहयोग समितिका संयोजक प्रा जगतप्रसाद उपाध्यायले विगतमा तटस्थ रहेका बुद्धिजीवी पनि यसपटक गठबन्धनका पक्षमा खुलेको बताउनुभयो ।

भेलामा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गणेश गुरुङ, विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा विदुर उपाध्याय, त्रिविका पूर्वरजिस्ट्रार प्राडा पार्थिवेश्वर तिमिल्सिना, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा शिवकुमार राई, विश्व सम्बन्ध परिषद्का पूर्वकार्यकारी निर्देशक प्राडा गोपाल पोखरेल, नेपाल सरकारका पूर्वसचिव, केशव भट्टराईलगायत हुनुहुन्थ्यो ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...