बालाजुबाट सत्र किलो सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ, १७ मंसिर । महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई शनिबार साँझ बालाजु चोकबाट पक्राउ गरेको हो । 
वृत्तले आज पत्रकार सम्मेलन गरी बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा ती सुन फेला पारेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामदत्त जोशीले साइलेन्सर पाइपभित्र चारपाटे आकारको फल्स बटम बनाई त्यसभित्र तीन पोका बनाएर तामाङले सुन लुकाएर ल्याएको जानकारी दिनुभयो ।
सुन रसुवाको केरुङ, नुवाकोट, धादिङको गल्छी हुँदै काठमाडौँ भित्रिएको अनुसन्धानबाट खुल्न आएको छ । वृत्तले पक्राउ परेका तामाङबाट एक चिनिया नम्बर र अर्को नेपाली नम्बर रहेको मोबाइलसमेत बरामद गरेको छ ।
बजार मूल्यअनुसार १७ किलो सुनको मूल्य रु आठ करोड आठ लाख ९४ हजार ५०० हुन्छ ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...