ऋण अनुदानको रकममा अष्ट्रेलिया शयर, श्रीमती च्यापेर मस्तमार्दै कृषि सचिव¬

0
665

काठमाडौं, माघ । मुलुकले मुख्य मन्त्री निर्वाचित गराएर संघीय संरचनामा अगाडि क्रियाशील भईरहँदा मुलुकको आर्थिक मेरुदण्डका रुपमा चिनिएको कृषि क्षेत्र र सोही क्षेत्र हाँक्ने कृषि सचिव यतिखेर प्रदेश अनुरुप कर्मचारी व्यवस्थापन गरी कृषि क्षेत्रको विकासमा जुट्नु पर्ने अवस्थामा कृषि क्षेत्रलाई भताभुङ्गै छाडेर श्रीमती च्यापेर किसानहरुका नाममा आएको अनुदान रकमको पैसामा अष्ट्रलिया भ्रमणमा पुगेका छन् ।
आगामी चैत्रमा उमेर हदका कारण स्वत अवकाश हुन लागेका सचिव डा. सुरोज पोख्रेल मन्त्रालय नै अस्तव्यस्त पारेर किसानका नाममा आएको रकममा मस्ती मार्नु कति उचित थियो होला ? सात प्रदेशमा कृषि क्षेत्रका सहसचिवहरुलाई कार्यविभाजन र विगतको पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय निर्देशनालयहरु समेत अस्तित्व विहिन अवस्थामा रहँदा कार्यालय व्यवस्थापन गर्नुको सट्टा विदेश भ्रमणमा रमाउने सचिव पिएचडी धारी पोख्रेललाई के भन्ने होला ?
हुन त एक हातमा फागुन १३ गतेका लागि स्वेच्छिक अवकासको निवेदन र अर्को हातमा कृषि तथा बन विश्वविद्यालयमा प्राध्यापन गर्ने गरी सहमतिको पत्र बोकेर बसेका सचिव पोख्रेललाई कृषि मन्त्रालय भाँडमा जाओस् तर आपूm मस्त मार्न पाउँ भन्दै बसेका छन् ।
अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईफाड) को ऋण अनुदान सहयोगमा सञ्चालित किसानका लागि उन्नत वीउ विजन कार्यक्रमको बजेटमा यतिखेर सचिव पोख्रेल श्रीमती च्यापेर अष्ट्रेलिया पुगेका हुन् । गत २६ गते शुक्रबार सचिव पोख्रेलको टोली अष्ट्रेलिया उडेको हो । एक साता लामो भ्रमणमा भनिएपनि त्यही ऋण अनुदानको रकममा उनी थप केही दिन किसानका लागि आईफाडले दिएको अनुदान रकममा नै मस्त हुने श्रोतले बताएको छ ।
अष्ट्रेलिया भ्रमणमा अहिले कृषि राज्य मन्त्री सरीता प्रसाँई, सचिव पोख्रेल दम्पती, कृषि मन्त्रालयका सहसचिव डा. योगेन्द्र कार्की, कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्मा लगायत एक दर्जन भन्दा बढी व्यक्ति रहेको कृषि विकास मन्त्रालय जनाएको छ । त्यसैगरी प्याक्ट आयोजनाको दुइ दर्जन टोली र कृषि तथा खाद्य सुरक्षा आयोनजाको एक दर्जन टोली समेत अष्ट्रलिया भ्रमणबाट फर्किसकेको मन्त्रालयले जनाएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here