१ किलो अबैध यार्सा गुम्बा सहित ३ जना पक्राउ

0
998

काठमाडौं, ११ असार । अबैध यार्सा गुम्बा ओसार पसार एबं बिक्रि गर्ने कार्यमा संलग्न तीन जनालाई महानगरी प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २७ ज्याठामा अवैध यार्सा गुम्वा विक्री वितरणका लागि ओसार पसार गरिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले जानकारी दिनु पक्राउ परेका व्यक्तिहरुको अनुसन्धान भईरहेको पनि थापाले जानकारी दिनु भयो । पक्राउ पर्नेहरुमा कालिकोट जिल्ला तिला गुफा नगरपालिका ३ स्थायी घर भएका राज हमाल, कैलाली टिकापुर नगरपालिका १ का नरीलाल कोइराला र जुम्ला सिन्जा ६ का दानबहादुर रोकाय रहेको थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here