ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खस्यो

0
599

काठमाडौं १६,असार ।टोखास्थित ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खसेको छ। शनिबार दिउँसो बिरामी ल्याएर छतमा अवतरण गरेको सीम्रिक एयरको हेलिकोप्टर खसेको हो। 

हेलिप्याडको छेउमा हेलिकोप्टर रोकिएकाले खसेको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको र घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी भेषराज रिजालले नेपाल लाइभलाई बताए।

हेलिकोप्टर हेलिप्याडबाट एक तलामुनिको छतमा खसेको थियो।

सो हेलिकोप्टर दोलखाबाट बिरामी ल्याई अर्को बिरामी लिन चितवन उड्ने तयारीमा थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here