क– कसले खान्छ कालीमाटी बजारको भाडामा कमिशन

काठमाडौं, भाद्र ८ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विचौलियाको ब्रम्हलुट हुने गरेको समाचार अहिले मात्र होइन विगतमा पनि आउने गरेको थियो । तर त्यसबेला गुपचुप मै रहेन गर्दग्थ्यो । तालुकदार निकायका रुपमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रीले विचौलिया हटाउने प्रतिवद्धता लिएपछि यो विषयले चर्चा पाएको हो ।
अहिले तरकारी बजारको विषयमा मात्र होइन कालीमाटी तरकारी बजारको स्टलका विषयले पनि चर्चा पाएको छ । कालमाटी तरकारी बजारमा रहेको स्टल प्रति महिना पाँच हजारमा भाडामा लिएर त्यही भित्रका ठेकेदार, विचौलिया र बजार समितिका उच्च अधिकारीहरुको समेत मिलेमतोमा लामो समय बजार अस्तव्यस्त भएको मात्र होइन व्यवसायीहरु नै मर्कामा पर्दै आएका थिए ।
वीस हजारको स्टललाई पाँच लाखमा भाडामा लगाउने विचौलियासँग समिति भित्रका कोको संलग्न छन् सो कुरा पनि बाहिर ल्याउनु आवश्यक छ । तरकारी बजारमा विचौलियाले विकास समितिले तय गरेभन्दा २५ गुण बढी भाडा लामो समयदेखि असुली र विगतमा पटक पटक विरोध हँुदा पनि मौन बस्ने समिति अहिले मन्त्रीको अनुगमन पश्चात र अनुगमनकर्तालाई कार्यालय परिसरमा नै थुनिदिएपछि किन सल्बलाएको छ ।
विचौलिया र समितिवीचको साँठगाँठ के छ ? अहिलेसम्म किन मौन बस्यो समिति ? विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशक यस विषयमा किन बोल्न चाहिरहेका छैनन् ।
कालीमाटी तरकारी बजार भित्रको किसानमारा धन्दामा संलग्न र २० हजारको स्टललाई पाँच लाखमा भाडामा लगाउनेमा संलग्नहरुलाई समेत कानूनी कठघरामा उभ्याउनु जरुरी छ ।

+ posts

सम्वन्धित समाचार

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

ताजा समाचार

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...