ओली र देउवामा को पहिला बोल्ने विवादले संसद बैठक स्थगित

काठमाडौं,असार । प्रतिनिधि सभाको मंगलबारको बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीभन्दा पहिला संसदीय दलका नेता देउवालाई बोल्न दिनुपर्ने माग गर्दै प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेका बेला कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन् ।

यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए ।

प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण १२ बजेमात्र सुरू भएको थियो।

कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको थियो ।

आफ्ना नेतालाई बोल्न समय नदिने भए सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी थियो । बैठक सुरू हुनासाथ प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेर संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका थिए ।

पटकपटक प्रधानमन्त्रीका कुरा सुनौं भन्दै कांग्रेस सांसदलाई अनुरोध गरेका सभामुख महराले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...