विद्युत् कम्पनीको लापरवाहीले खोला बगरमा परिणत

काठमाडौं, असार । दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम शुरु भएको छ ।

सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तो खन्दा अहिले जङ्गलमाथिको सबै भाग पहिरोका रुपमा खसेको छ । पहिरो पन्छाउन नजिकै रहेको खोला प्रयोग गरेर सबै माटो डुङ्गा खोलामा फालेपछि करीव एक किलोमिटर खोलासमेत पूर्णरुपमा पुरिएको छ ।

निर्माण कम्पनीले जनतालाई रकमको लोभ देखाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले आरोप लगाएका छन् ।

स्थानीय सरकारसँग समन्वय गरेर आयोजनाले काम अगाडि बढाउनुपर्ने भए पनि आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएको आरोप बुढाको छ । दोल्ती पावर कम्पनीले रु ७२ करोडको लागतमा अहिले पदमखोला जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । खोला पुरेर बगर बनाएको भन्दै जनताले गुनासो गरेपछि जिल्ला समन्वय समिति, नौमूले गाउँपालिकाको संयुक्त अनुगमनपश्चात् तत्काल खोला सफा गर्न निर्देशनपछि अहिले दुई वटा डोजर लगाएर खोला सफा गर्न थालिएको छ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...