८९ किलो गाँजासहित चार भारतीय पक्राउ

0
615

काठमाडौं, साउन । पर्सा प्रहरीले ८९ किलो गाँजासहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अहमद सुनार, असमल आलम साइन, इर्साद साइन र सुनिल साह रहेका छन् ।

विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपोर्ट बहुअरी सडक खण्डमा बीआर ८जी २७७० नम्बरको बलेरो गाडी चेकजाँचका क्रममा सो परिमाणको गाँजा बरामद भएको पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here