एनएमवी वैकले शुन्य प्रतिशत डाउन पेमेन्टमा शतप्रतिशत कर्जा दिने


मंसिर, काठमाडौं । वैक तथा वित्तिय संस्थाहरुले घर निर्माण वा खरिदमा ऋण प्रवाहलाई सहज गर्ने क्रममा मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजतादिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिने उद्देश्यले दुई संस्थाले नेपालमै पहिलो पटक उक्त अफर बजारमा ल्याएका हुन् ।

योजनाअन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ वर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्नेछन् भने मेरोघरले ग्राहकको इच्छाअनुसार घरको डिजाइन देखि पूर्ण–निर्माणसम्मको सेवा प्रदान गर्नेछ ।

त्यस्तै, घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यसका लागि, मेरोघर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्धन गरिएको छ ।

आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्नेछन् । त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागि समेत यो अफर लक्षित छ । ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र सर्तहरू भने लागु हुने कम्पनीले जनाएको छ ।

मेरोघर १५ बर्ष भन्दा बढी अनुभव भएका यस्ता विज्ञ र दक्ष आर्किटेकहरुको समुह हो, जसले आवासीय घर तथा भवन निर्माणमा आवश्यक सल्लाह, सुझाव, परामर्शका साथै डिजाइन र निर्माणसम्मको एकीकृत सेवा प्रदान गर्छ । यस्तो सेवा प्रदान गर्ने नेपालको पहिलो होम ब्रान्ड मेरोघरले सेवा शुरु गरेको ४ वर्षमैं १५० भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ भने २ हजार भन्दा बढी आवासीय घरको डिजाइन गरेको छ ।

आवासीय घर बाहेक होटेल, रिजोर्ट, अस्पताल, विद्यालय, व्यवसायिक भवन आदिको डिजाइन एवं सम्पूर्ण निर्माणमा पनि मेरोघरको दक्षता छ । मेरोघरले निर्माण गरेका प्रत्येक घरको ६ महिनासम्म निःशुल्क मर्मत सम्भार, घरको गुणस्तर सुनिश्चितका लागि विशेषज्ञको निगरानी एवं सम्पूर्ण संरचना निर्माणको ग्यारेन्टी जस्ता सुविधा प्रदान गर्दछ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...