घुस्याहा सिडियो जोगाउन सरुवा, अख्तियारले नै ढाकछोप गर्दै

काठमाडौं, मंसिर । जिल्ला हाँकेर बसेका सिडियोहरु कतिसम्म भ्रष्टमतिका हुन्छन् भन्ने कुरा धेरैले अनुमान मात्र होइन अनुभव नै गरिसकेका छन् । सिडियो नै भ्रष्ट भएपछि उनी मातहतका निकाय स्वच्छ छ भन्नु नै मुर्खता सिवाय अरु केही पनि हुँदैन ।

यतिखेर चर्चा र अख्तियारले समेत ढाकछोप गर्न लागेको दोलखाका भ्रष्ट सिडियोको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि एक सय रुपैयाँ बिगो दाबी गरेर समेत कर्मचारी र प्रहरीविरुद्ध मुद्दा दायर ग¥यो । तर, लाखौं घुस खाएका सिडिओमाथि भने आयोगले चासो दिएको छैन ।

बरु अभियुक्तसँग घुस लिने दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालयले सरुवा गरेको छ तर उनीमाथि भ्रष्टाचार मुद्दामा आयोगले छानबिनमा चासो दिएको छैन । किनकी रिजाल पहिला आयोगमै सहायक प्रवक्ता थिए ।

सिडिओ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार घुस लिएका थिए । पछि विवाद भएपछि फिर्ता गरेको खुलेको थियो । पीडितहरुले बिहीबार पत्रकार सम्मेलन नै गरेर घटना सार्वजनिक गरेका हुन् ।

मेलुङ गाउँपालिका–४ भेड्पु निवासी लामा जनप्रतिनिधिमाथि हातपातको आरोपमा २४ दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा थिए । उनलाई प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । २४ दिन पूरा भएपछि प्रहरीले मंगलबार लामालाई प्रमुख जिल्ला अधिकारी रिजालसमक्ष थुनछेक बहसमा पठायो । प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालयमा लगे पनि कार्यालय समयभन्दा ढिला पुगेको भन्दै त्यत्तिकै फिर्ता पठाइदियो । मुद्दाको बहस हुन सकेन ।

बुधबार पुनः उनलाई जिल्ला प्रशासन कार्यालय लगियो । थुनछेक बहसकै क्रममा लामालाई सिडिओ रिजालले यसअघि पनि दुईवटा मुद्दामा परेको भन्दै धरौटीमा छोड्न नमिल्ने बताए । उनले चेम्बरसँगैको अर्को गोप्य कोठामा लगेर लामालाई ‘यसअघि नै तिमीविरुद्ध दुईवटा मुद्दा परेकाले धरौटीमा छोड्न मिल्दैन’ भन्दै रकम बार्गेनिङ गरे । लामाले आफ्नो सानो बच्चा रहेको भन्दै परिवारमा अप्ठेरो भएकाले धरौटीमा छोडिदिन रिजालसँग आग्रह गरे । त्यसपछि उनले ‘मलाई रिक्स छ, एकपटकलाई बच्यौ एक लाख धरौटी लाग्छ’ भनेका थिए । सिडिओ रिजालले घुस रकम मागेपछि लामा परिवारले ऋण खोज्दै एक लाख जुटाएर बुझाएको लामाकी श्रीमती रेणु तामाङले बताइन् ।

यसअघि पनि जिल्लामा उनले घुस लिएको खुलेको थियो । त्यसविरुद्ध गृहमन्त्रीसमक्ष जिल्लाबाट डेलिगेसन समेत आएको थियो । तर, गृह मन्त्रालयले चासो दिएन । जसकारण अहिले गृह प्रशासनकै बदनाम भएको छ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...