श्रीलंकालाई हराउँदै भुटान फाईनलमा


काठमाडौं, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनलमा भुटान प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै भूटानले जित हासिल गरी फाइनलमा प्रवेश गरेको हो ।
यो जितसँगै भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ । यस अघि समूह चरणबाटै बाहिरिदै आएको भुटानको यो ऐतिहासिक सफलता हो ।

खेलको १९ औं मिनेटमा छिमी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा दावा छिरिङले पेनाल्टीमा गोल गर्दै भुटानलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा एशि दोर्जीले गोल गर्दै भुटानलाई ३–० को जित दिलाए ।

जितसँगै भुटानले ४ खेलमा ९ अंक जोडेको छ । र, शीर्ष स्थानमा उक्लिएको छ । अब भुटानले स्वर्ण पदकको लागि नेपाल र बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ । आइतबार हुने बंगलादेश र नेपालबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरी खेल्नु पर्ने हुन्छ । पराजित भए नेपालको फाइनल सम्भावना सकिनेछ ।

दोस्रो स्थानमा रहेको नेपालको ७ अंक रहेको छ । बंगलादेशको ४ अंक रहेको छ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...