डिभिजन वैक अधिकृत सन्तमाया अख्तियारको नियन्त्रणमा

0
473


काठमाडौं,फागुन । डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ३ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको छ ।

श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई भक्तपुरको मध्यपुर ठिमीबाट पक्राउ गरेको हो ।

पारीसँग घुस लिएर सरकारी गाडीमा फर्कदै गरेको अवस्थामा गठ्ठाघर चोकमा गाडी रोक्न लगाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २ लाख ३ हजार ५ सय रुपैयाँ सहितनियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here