लुकाईरहेको अवस्थामा ७८ हजार मास्क सहित ८ पक्राउ

0
706

काठमाडौं, चैत्र । जव मुलुकमा संकट पर्दछ त्यसबेला कालोबजारी गर्नेहरु सक्रिय रहन्छन् भन्ने कुरोको थप पुष्टि मास्कमा कालोजारी गर्ने आठ व्यापारी पक्राउ परेसँग पुष्टि भएाकेक छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा काठमाडौंमा आठ जनालाई प्रहरीले पक्राउ परेका छ।

७८ हजार मास्क लुकाएर कालोबजारी गर्दै गरेका व्यक्तिहरुलाई काठमाडौँको डल्लुबाट मास्क सहित प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताएका छन् । उनीहरुले पाँच रुपैया पर्ने मास्कलाई ३१ रुपैयासम्म लिएको पाइएको बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागर्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भु बस्ने निशान तामाङ रहेका छन् ।

उनीहरुलाई कालोबजारी ऐनअन्र्तगत कारवाही गर्ने प्रहरीले जनाएको छ । प्रहरीले खाद्यान्न र औषधीजन्यलगायतका चिज वस्तुहरुको कृतिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र कालोबजारी गर्ने गरेको सूचना भए खबर गर्न समेत आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here