कर्मचारीको मिलोमतोमा बन्दाबन्दीको मौका छोपी वन कटानी र काठ चोरी तीव्र

सर्लाही । लकडाउन शुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर परियोजना छोडेपछि परियोजना प्रमुखविहीन बनेको छ ।

परियोजना प्रमुख नभएको मौका छोपेर वन तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रुख कटान भइरहेको वन विकासकै कर्मचारीले जनाएका छन् । नयाँ रुख कटानका साथै गोदाममा काटेर राखेको एक लाख घनफिट काठ चोरी भइसकेको एक कर्मचारीले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना भाइरस नियन्त्रणमा लागिरहेको समयमा तस्कर चोरी शिकारमा लागिपरेको भन्दै तस्कर नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिने बताए । छिमेकी जिल्ला सिन्धुलीबाट समेत तस्करले चोरी गरेका काठ तथा वनजन्य पदार्थ सर्लाहीको लालबन्दी, हरिवन, वाग्मती तथा फुलजोरको भित्री बाटो जिल्लाका विभिन्न स्थानका काठ चिरान मिलका साथै छिमेकी देश भारतका विभिन्न बजारमा समेत पु¥याउने गरेका छन् । लकडाउनको समयमा वन कर्मचारीको वन गस्ती कम हुने र मानिसको समेत आवतजावत कम हुने गरेका कारण पनि वन तस्कर थप सक्रिय भएको हुनसक्ने बताइएको छ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...