प्रधानमन्त्रीको कवचमा क्षेप्यास्त्र

वर्तमान परिस्थितिमा राज्यसत्ता टिक्नु र टिकाउनुको प्राकृतिक, कृत्रिम दुबै लाभदायक छ। फेरि अन्त्यमा खति सारा नेपालीले भोग्नुपर्ने हुन्छ । हाल देखिएको बिद्यमान परिस्थितिले नयाँ सिर्जना खडा गरेको अबस्थामा पुरानो चिज गुमाउन पनि सकिन्छ । नक्सा सार्वजनिक गरेकोमा सारा नेपालीले सरकारको निर्णय स्वागत योग्य बताएका छन्। संविधान संशोधन बिना कुनै पनि हालतमा यसलाई सार्वजनिक गर्न सकिदैंन भन्ने गलत हुन सक्छ।
तर यसमा कसैले गलत सल्लाह सुझाव दियो भने पद र ब्यबस्था नै धरापमा पर्ने सक्छ । तेसैले अब तत्काल त्रिपक्षीय वार्ता गर्ने बेलाँ हो ,प्रतिपक्ष भनेको हामीकहाँ जहिले पनि उचाल्ने र पछार्ने मात्रै हो । चाहे त्यो पार्टी सत्तामा हुँदा चाहें पार्टी विपक्षमा हुँदाको प्राक्टिस यस्तै छ । जसरी विदेसीहरू राष्ट्रहितका लागि एकै वाक्यमा सहमत जनाउँछन् ।
अब नेपालीहरू फेरि आत्मनिर्भर हुन ढिला भइसकेको छ । जसरी हिजो ७२ सालमा भुइचालो जाँदा नाकाबन्दीको दुखान्त अझैं भुल्न सकेका छैनन । फेरि पनि कोरोना कहरमा जिन्दगी कोठाभित्र कुण्ठित छ यहीँ अबस्थामा नाकाबन्दीको दुखान्त अझैं नआउला भन्ने अबस्था छैन। रुखोसुको खान आम नेपाली जनता तयारी अबस्थामा रहने बेला आएजस्तो लाग्यो ।
भारतमा समेत आमसंचार , सुरक्षा निकाय र विज्ञको भनाइ सुन्यौ र बुझ्यौ भने परिस्थिति समस्या खडा गरेर मात्र समाधानको उपाय खोजिने बुझाइ छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण, र कोरोना भाइरस सत्ता पक्षलाई कवच बनेको छ। प्रधानमन्त्री लाई एउटा सुझाव यदि इतिहासमा सधैं रहने हो भने एकपटक चुनाव ताका बोलेका कुरा पुरा गर्नुपर्छ । जसरी संबिधान लागु गर्न नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले
ठूलो दबाब थेगेर आफ्नो ज्यानको बाजी लगाएर संबिधान लागु गरे अहिले हामी त्यही संबिधानमा छौ ।
त्यस्तै आँटिलो व्यक्तिको खांचो छ आम नेपाली जनतालार्इ । यो कबचमा प्रधानमन्त्रीसहित अन्यलाई क्षेप्यास्त्र प्रहार हुन पनि सक्छ । पटकपटक मृत्यु बरण गर्नु भन्दापनि एकै पटक मृत्यु बरण गर्नु अति उत्तम हुन्छ ।
कोरोना भाइरसले एकान्त बाँस बस्न सिकायो, अब आत्मनिर्भर बन्न पनि सिकाउने र यसमा राज्यले स्वार्थ विना दृढ भएर काम गर्ने हो भने अबको १० बर्ष मा कुराले होइन् कामले अघी बढ्ने हो भने एकपटक अवश्य पनि हामी आत्मनिर्भर बन्ने छौ । कोरोनाको नाउँमा हुँने भ्रष्टाचार रोक्न सक्नुपर्छ । अब अझै बास्तबिक उत्थानको बाटो रोज्ने हो र कबच जोगाउने हो भने त्रिपक्षीय संवादमा लिपुलेक दार्चुला सुस्ता कालापानी सर्तको नाउमा अन्य जिल्लाका माटो पनि जान सक्छ भन्ने कुरा प्रधानमन्त्रीले बुझ्नुपर्छ ।
हाल देखिएको परिस्थितिमा दूर्भाग्य परिणाम नआवोस् । संबाद गर्दा यदि फुलबारीमार्गदेखि बंगलादेश जोड्ने मार्ग प्रशस्त गर्ने र उक्त मार्ग नेपाललाई सधैं प्राप्ति हुन्छ र लिपुलेक गुम्छ भने त्रिपक्षीय संबादमा सहमतिसगं हातेमालो गर्नुपर्ने आवश्यकता र अर्को बिकल्प रहन सक्छ । सोही अवसर र अबस्थामा त्यों नक्सा सार्बजनिक गर्न सकियो भने मात्र सुबर्ण अक्षरमा लेखिन सक्छ । अनि गुमेको भूमि संबाद र कुटनीतिक पहलबाट माटो सहित फिर्ता ल्याउने र तातो घाममा पसीना बगाउनेहरूलाई यहीँ धर्तीमा पाइला टेकाएर राख्न सकियो भने प्रधानमन्त्रीको कवच रहन सक्छ नत्र भने कवचमा क्षेप्यास्त्र प्रहार हुन सक्छ।

भर्खरै