अथक सङ्घर्षपछि मात्र पिटरलाई परिवार र समाजले स्वीकार गरेको थियो

‘कुनै पनि व्यक्तिले आफू स्वयंलाई जस्तो हो त्यही रुपमा स्वीकार गरेपछी, आफ्नो परिवार त्यसपछी समाज र विश्वले अवस्य स्विकार गर्न थाल्छ’ भन्ने दृढ मान्यता राख्ने अनुज पिटर राईको जीवन सङ्घर्ष र उनले पाएको सफलताको कथा अत्यन्तै रोचक छ । अहिले गर्वसाथ आफूलाई समलिङ्गी भनेर चिनाउन हिम्मत गर्ने पिटरको जीवनगाथालाई सङ्क्षिप्तमा यस घटना–अध्ययनमार्फत् प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

पूरा नाम अनुज पिटर राई भए तापनि आफूलाई पिटर भनेर चिनाउन चाहने उनको जन्म वि.संं. २०४३ सालमा खोटाङ जिल्लाको दिक्तेलमा भएको थियो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र विविध समूह रहेका हुन्छन् । त्यसमा अनुज पिटर राई आफूलाई समलिङ्गी पुरुष भनेर चिनाउँछन् । ३३ वर्षीय पिटर केही वर्षदेखि आफ्नो परिवारका सबै सदस्यहरूको साथ ग्वार्खोस्थित ललितपुर, महालक्ष्मीस्थानमा बसोबास गर्दै आएका छन् ।

उनी हाल समलिङ्गी समुदायको हकहितका लागि स्थापित नीलहिरा समाज  नामक गैरसरकारी संस्थामा ‘कार्यक्रम संयोजक’का रुपमा कार्यरत छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि अभियन्ताका रुपमा सक्रिय पिटर सन् २०१७ मा ‘मिस्टर गे ह्याण्डसम’ (Mr. Gay Handsome) प्रतियोगितामा दोस्रो ‘रनर अप’ भएका थिए । उनी आफ्नो संस्थासँगको काम बाहेक कहिलेकाहीँ ‘फ्रिल्यान्स मेकअप आर्टिस्ट’ का रुपमा पनि काम गर्दछन् ।

पिटरको परिवारमा आमा र बुवालगायत ३ दीदीबहिनी, १ भाइ गरी जम्मा ७ जना सदस्य छन् । परिवारका जेठा छोरा भएको कारण उनको अभिभावकले पिटरको सम्बन्धमा धेरै सपनाहरू साँचेका थिए । छोराको जागिर, विवाह र नातीनातिनाबारे पनि सोँचेका थिए होलान् उनका अभिभावकले । तर, “मेरो स्वभाव, हाउभाउ र व्यवहार बाल्यकालदेखि नै आमा केटाहरूमा हुनेभन्दा फरक थियो” पिटर आफ्नो बाल्यकाल सम्झन्छन् । उनका अभिभावकले पनि पिटरमा भएको यो भिन्नता महसुस गरेका थिए ।

आफूमा आम केटाहरूमा हुनेभन्दा फरक गुणहरू भएको महसु भए तापनि आफू समलिङ्गी हो भन्ने कुरा उनलाई थाहा थिएन । उमेर सानै भएर उनले यस्ता कुरा बुझ्ने अवस्था पनि थिएन र त्यो समयमा समलिङ्गीबारे खुल्ला रुपमा वहस हुन असम्भव थियो । शारीरिक रुपमा सुगठित अनि चिटिक्क परेको मुहार भएको कारण उनी साथीहरूमाझ ‘ह्याण्डसम ब्वाई’को रुपमा लिइन्थे । तर, उनी ‘केटीहरू’प्रति आकर्षण थिएनन् । उनको मनमा त्यस्तो भाव पैदा नै हुँदैनथ्यो । उनलाई आफ्नै स्वभाव देखेर अनौठो त लाग्थ्यो, तर पनि उनलाई आफू समलिङ्गी पुरुष हुँ भनेर जान्न सकेका थिएनन् । वास्तवमा समलिङ्गी विषयमा उनलाई जानकारी नै थिएन ।

उनका बुवा उनी पढ्ने विद्यालयका शिक्षक थिए । सबै विद्यार्थी र शिक्षकहरू उनलाई सम्मान गर्दथे । त्यसैले होला सायद “मेरो हाउभाउ, स्वभाव र व्यवहार आम केटाहरूको जस्तो नभए तापनि मेरा साथीहरूबाट मैले जिस्काउने, दूव्र्यवहार गर्ने, दुःखदिने जस्ता समस्याहरूको सामना गर्नु परेन”, पिटर भन्छन् । समयसँगसँगै पिटरको जीवन पनि आम मानिसको जस्तै चल्दै थियो ।

पिटर २४ वर्षको हुँदा उनको दीदी र बहिनीको बिवाह भयो । त्यसपछि भने पिटरको जीवनमा केही हलचल ल्यायो किनकि उनको आफन्तबाट ‘पिटरको विवाह’को सम्बन्धमा कुरा ल्याइन थालियो । पिटरमा विवाहबारे कहिल्यै मनमा चाहना पलाएको थिएन । तापनि आफ्नो परिवार र आफन्तबीच यसबारे धेरै नै कुराकानी चल्न थालेपछि ‘आखिर एक न एक दिन विवाह त गर्नैपर्ने भएकोले विवाह गर्ने हो कि’ भन्ने सोँचेर परिवारको अनुरोधमाथि स्विकृति जनाए । यसैक्रममा एकजना महिलासँग पिटरको विवाहको कुराकानी छिनियो ।

त्यसपछि विवाह हुने महिलासँग भेट्ने, घुमघाममा जाने क्रम चल्यो । यसरी घुमघाम गर्दा, उक्त महिलासँग कुराकानी गर्दा, नजिक हुँदा पनि पिटरमा कुनै खुसीको भाव पैदा हुन सकेन । त्यसपछि भने उनको मनमा आफ्नो लैङ्गिकतासम्बन्धी धेरै प्रश्नहरू उब्जियो । उनलाई किन म पुरुष भएर पनि महिलासँग आकर्षित हुँदिन भन्ने लाग्न थाल्यो । त्यसपछि उनलाई ‘म महिलासँग विवाह गरेर खुसी हुन सक्दिन’ भन्ने लाग्यो र यदि विवाह गरेमा आफ्नो र उक्त महिला दुबैको जीवन वरवाद हुन्छ भन्ने सोँचेर परिवारसँग कुराकानी गरी विवाहको योजना रद्ध गरे । तर, पिटरले परिवारलाई आफ्नो मनको अवस्थाबारे केही बताएका थिएनन् । हाललाई विवाह रद्ध गर्ने कुरामा भने परिवारबाट पिटरले पुरा साथ पाए ।

वि.सं. २०७० सालमा नेपालमा पहिलो पटक ‘Mr. Gay’ प्रतियोगिताको आयोजना भएको थियो । उक्त प्रतियोगितामा पिटरका एकजना निकटतम साथीले भाग लिएका थिए । त्यसै क्रममा उनी सोही साथीसँग निल हीरा समाज संस्थामा पहिलो पटक पुगे । त्यहाँ जाँदा पिटरले यौनिक विविधताका बारे सुनेर यसबारे जान्ने मौका पाए । यसरी उनले लैङ्गिक विविधताका बारेमा विस्तृत जानकारी पाए । त्यसपछि भने पिटरले किन आपूmमा बाल्यकालदेखी नै आम केटाहरूकोभन्दा भिन्न स्वभाव र चाहना भएको भन्ने कुरा बुझे ।

पिटर भन्छन्, “बल्ला मैले बाल्यकालदेखि मेरा मनमा रहेका अनगिन्ती प्रश्नहरूको उत्तर भेटेको थिएँ ।” त्यसपछि उनले आफू समलिङ्गी भएको कुरालाई भित्रैबाट स्विकार गरे र अबदेखि आफूलाई समलिङ्गीकै रुपमा खुलेर परिचित गराउने अठोट पनि लिए । त्यसपछि पिटरको निलहीरा समाजसँगको सहकार्य सुरु भयो ।
पिटरले २०७२ सालमा कामकै दौरान त्रिशला रेस्टुँरामा आयोजित कार्यक्रममा ‘¥याम्पमा’ हिँड्ने अवसर पाए । ‘घैँटो’ संस्थाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा टेलीभिजका कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरीको पनि उपस्थिति थियो । पिटरको काम र कथा सुरज सिंह ठकुरीलाई अत्यन्तै मन परेकाले ठकुरीले उनलाई कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘परिवर्तन’ नामक कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरे । उक्त अन्तरवार्ता प्रशारण भएसँगै पिटरको परिवार, आफन्त र साथीहरूले उनी समलिङ्गी पुरुष भएको कुरा थाहा पाए ।
यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समूहका मानिसहरूलाई आज पनि नेपाली समाजले सहज रुपमा लिँदैन । तथापि, पिटरका परिवारले भने उनी समलिङ्गी पुरुष भएकोमा कुनै पनि आपत्ति जनाएन । बरु, परिवारका सदस्यहरूबाट पिटरले माया, साथ र सहयोग पाए, जसको कारण पिटरको व्यावसायिक जीवनमा प्रगति हुँदै गयो । आज पनि कुनै पनि पारिवारिक विषयमा निणर्य गर्नुपर्दा पिटरको राय अनिवार्य मानिन्छ र पिटरको रायलाई परिवारले सहर्ष स्विकार गर्दछ । यसरी परिवारबाट पाएको साथ र सहयोगले उनी जीवनमा आइपर्ने हरेक समस्या सामाधान गर्न सक्षम भएका छन् ।
लैङ्गिक पहिचान खुलेपछि पिटरको जीवनमा थुप्रै सकारात्मक परिवर्तन आएको छ । चाहे महिला होस, पुरुष वा ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यक’, यदि सबैले आफ्नो पहिचानलाई आफैले स्वीकार गरी सकारात्मक सोँचसहित काम गर्दै जाने र आफ्नो पहिचानबारे सबैलाई कुरा बुझाउँदै जाने हो भने परिवारजन, आफन्त र समाजले मात्र नभई उनीहरूलाई सारा विश्वले नै स्वीकार गर्छ भन्छन् पिटर । यो सन्देश उनी आफ्नो पहिचान खुलाउन अफ्ठ्यारो मान्ने अरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक साथीहरूलाई दिन चाहन्छन् ।

परिवारको अथाहा मायाले पिटर हाल जुनैसुकै समस्यासँग पनि सजिलै सामना गर्न सक्ने भएका छन् । साथै, खुलेर बाच्न र आफूलाई अझ धैरै चिन्न सक्ने भएका छन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका बारेमा जनचेतना जगाउने, उनीहरूको हकका लागि मुद्धा उठाउने चर्चित अभियन्ता र कुशल वक्ताका रुपमा चिनिएका छन् ।

नेपाली समाजका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि मात्र नभई अन्य सिमान्तकृत समूहको सशक्तिकरणका लागि लड्ने अठोट लिएका छन् पिटरले । त्यसो त, अहिले पनि पिटरले त्यस्ता समूहको अधिकार सुनिश्चित गर्न सिमान्तकृतहरूलाई संगठित गर्ने, विभिन्न फोरममा वहस चलाउने र कार्ययोजना तयार पारी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जस्ता काममा सक्रिय रुपमा सङ्लग्न छन् पिटर । भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिने अठोट लिएका छन् । आफ्नो परिवारजन, आफन्तहरू र साथिहरूको दह्रिलो साथ पाएको कारण आफ्नो उद्देश्य पुरा हुने कुरामा निश्चिन्त छन् पिटर । – लेखिका नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज), जोरपाटीमा जनस्वास्थ्य विषय अध्ययनरत छिन् ।

+ posts

सम्वन्धित समाचार

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।

नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ । देश...

ताजा समाचार

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।

नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ । देश...

प्रचण्ड भन्छन्, मन्त्री पद माग्नेहरूको हुलले घेराबन्दीमा परें

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मन्त्री बन्न चाहनेका कारण स्वयं तनावमा रहेको बताएका छन् । उनले मन्त्री...

लागुऔषध चरेशसहित तीन पक्राउ

जनकपुर । सर्लाहीबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११...

पिल्लरले थिच्दा आठ वर्षीय बालकको गयो ज्यान

इलाम । खेल्ने क्रममा सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा इलाम नगरपालिकामा बालकको मृत्यु भएको छ। इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ...