सर्वोच्च अदालतको आदेशमा नेत्रविक्रम चन्दका नेता खत्री थुनामुक्त

काठमाडौं । सर्वोच्च अदालतको आदेशबमोजिम नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्री राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा थुनामुक्त भएका छन्। आयोगको केन्द्रीय कार्यालय हरिहर भवनबाट आज थुनामुक्त भएका हलेसी तुवाचुङ्ग नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई यही जेठ २३ गते सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले खत्रीलाई आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियोे ।

आदेशमा आयोग केन्द्रीय कार्यालयमा यही जेठ २५ गते खत्रीलाई उपस्थित गराई आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न भनिएको थियो । सोही अनुसार आज आयोगका सदस्य पौड्यालको रोहवरमा खत्री थुनामुक्त भएका हुन्। आयोगका सचिव वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निजउपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्च अदालतबाट पटकपटक जारी भएका आदेशको बेवास्ता गरिएको सम्बन्धमा आयोगले यही जेठ १६ गते २४ घण्टाभित्र जवाफ पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

खत्रीको रिहाइ सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम सम्मानपूर्वक बाँच्न पाउने तथा वैयक्तिक स्वतन्त्रता उपभोग गर्न पाउने अधिकारको प्रचलनका लागि आयोगलाई अनुगमन गर्नसमेत निर्देशन भएको हुँदा सो अनुरुप खत्रीको अधिकार संरक्षण गरी खत्रीलगायत अन्य कुनै पनि व्यक्तिलाई स्वेच्छाचारी रुपमा पक्राउ नगर्न तथा गैह्रकानूनी थुनामा राख्ने कार्य बन्द गर्न आयोग सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...