भाइरस रिमुभिङ कार्डका नाममा ठगी, कार्ड बेच्ने सांसदका छोरा ?

काठमाडौं । विश्व कोरोना भाईरसको महामारीमा जुधिरहेका बेला नेपालमा भने सांसद र तिनका परिवार मात्र होइन नातागोता समेत कमाउ धन्दामा लागेका छन् । पद र शक्तिका बसेकाका आफन्तहरु संक्रमणको फाइदा उठाउँदै लुट मच्चाईरहेका छन् । ओम्नीग्रुपको औषधी काण्डमा रक्षामन्त्री ईश्वर पोखरेलका छोरा मुछिए । राज्यको करोडौं स्वाहा पार्ने काम भयो । त्यसलाई न त अख्तियारले देख्यो न त सम्पत्ति शुद्धिकारणले नै हेर्न सक्यो ।

हुन त नेपालमा शक्ति र पदमा पुगेकाहरुलाई केहीले पनि छुँदैन । सायद कोरोना भाईरसले पनि गरीव नेपालीहरुकै ज्यान लिईरहेको देखिन्छ । हालसम्म २७ जनाको मृत्यु हुँदाको अवस्थालाई हेर्ने हो भने भने सुत्केरी महिलादेखि मृगौलाका विरामी जसले सही उपचार पाउन सकेनन् उनीहरुकै निधन भएको छ । मृत्युको कारण जे भएपनि कोरोन नभएको भन्दै संख्या थप्ने काम भने भईरहेको छ ।

अहिले चर्चा नागरिकको मृत्यु होइन । कोरोना भाईरस रिमुभिङ कार्डको रहेको छ । जनताका छोराहरु मर्दै जाउन तर सांसदका छोराहरु कमाउने धन्दामा लागेका छन् । कालोबजारी भनौ वा ठगी धन्दामा लागेका छन् । सांसदहरु स्वयं नै ठगिँदा समेत सरकार मुकदर्शक बनेर बसिरहेको छ । कतिपय सांसद भाइरस रिमुभिङ कार्ड भिरेर संसद देखि सिंहदबार छिरिरहेका छन् । सिंहदरबार मात्र होयन बालुवाटार भित्र समेत छिरिरहेकका छन् ।

भाईरस रिमुभिङ कार्डका नाममा व्यापार गर्ने अरु कोही नभएर विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोरा हुन । पोखरामा होटल व्यवसाय गरेर बसेका उनी कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउन पश्चात कार्ड धन्दामा सक्रिय छन् । यदि साँच्चै नै भाईरस रिमुभिङ कार्डले भाईरस नसर्ने भए अवौं खर्च गरेर किन कोरोना विरुद्धको अभियान सञ्चालन गर्नु ?

अहिले सत्ताधारी नेकपाका सांसदहरु विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोराका ग्राहक बनिरहेका छन् जो सिँधै ठगिएका छन् । यदि यही काम अन्य कुनै नागरिकले गरेको भए सायद प्रहरी खोरमा पुगिसक्थ्यो होला । कार्डले कोरोना भाग्ने भए भोलीबाट लकडाउन खुल्ला गरौं । आम नागरिकहरुको दैनिकी सहज बनाऊ ।

प्रत्येक नागरिकलाई कार्ड भिरेर हिड्ने सूचना जारी गरौं । यदि कार्ड काण्ड सत्य होइन भने पुष्टि गर्ने आधार छैन भने सांसद कल्याणी खड्काको छोरालाई पनि कार्वाही गर्ने आँट सरकारले गर्नुृ पदैछ ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...