बक्सिङ सङ्घका अध्यक्षसँग आर्थिक विवरण माग

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ । राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन पत्र पठाएका हुन् ।

अध्यक्ष अवालेले बक्सिङ सङ्घलाई एकलौटीरूपमा चलाएको, चार वर्षको कार्यकालमा साधारणसभासमेत गर्न नसकेको तथा विधानविपरीत काम गरेको भनी सङ्घका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत असार १४ गते राखेपमा उजूरी दर्ता गराएका थिए ।

महासचिव र कोषाध्यक्षले उजूरी दिएपछि राखेपले अध्यक्ष अवालेलाई चाँडोभन्दा चाँडो आर्थिक कारोवारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महासचिव भट्टाचार्यले सङ्घको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको समेत आरोप लगाएका छन् । अध्यक्ष अवालेले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको बताउँदै बैठकमा आर्थिक प्रतिवेदनमाथि छलफल हुँदा सामान्य विवाद भएको भने स्वीकारेका छन् । 
+ posts

सम्वन्धित समाचार

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...

आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

ताजा समाचार

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...

आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कश्मिरमा सुरक्षाकर्मीको कारबाहीमा तीन जना विद्रोही मारिए

भारत । भारतको काश्मीरमा सुरक्षाकर्मीले विद्रोहीमाथि कारबाही गरेकाे छ । सो कारबाहीमा परी तीन जना विद्रोहीको मृत्यु भएको छ समाचारहरूमा बताइएको छ...

नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भए : गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भएको बताएका छन् । साथै उनले साना तथा...

नेपालको विकास मात्र होइन, स्वीस बैंकमा नेपालीको रकम देखेर विश्व चकित

सन् २०२० सम्ममा स्वीस बैंकहरूमा नेपाली नागरिकको नाममा ४६ अर्ब ६४ करोड नेपाली रुपियाँ मौज्दात रहेको बताइएको थियो । बिहीबार स्वीट्जरल्यान्डको राष्ट्रिय...