चितुवाको छाला तस्कर प्रहरीको फन्दामा

काठमाडौँ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार चाँगुनारायण–८ सुडालस्थित सुरेश कार्कीको घरमा प्रहरीले छापा मार्दा कोठा भाडामा लिई बसेका चार जनालाई कालोमा खैरो र सेतो रङको पाटे चितुवाको सुक्खा छाला एक थान र चोरीकोे मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरुकै बयानअनुसार यसमा संलग्न थप तीन जना सूर्यविनायक–८ दार्जलिङ हाइटबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–५ स्थायी घर भई हाल चाँगुनारायण–८ सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा, २१ वर्षीय पासाङ तामाङ रहेका छन् । त्यसैगरी पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिकाका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ दार्जलिङ हाइट बस्ने २२ वर्षीय सञ्जीव सिंजाली मगर, रोशी गापा–१० घर भई सूर्यविनायक बस्ने २४ वर्षीय दिपेश तामाङ र सोही ठाउँका २३ वर्षीय मिलन मगर रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट भक्तपुर नगरपालिका–९ का प्रजु सुवालको चोरी भएको बा ९० प ६५१० नम्बरको मोटरसाइकल बरामद गरेको छ । त्यस्तै विभिन्न कम्पनीका मोबाइल नौ थान, सवारी चालक अनुमतिपत्र दुई थान, विभिन्न मोटरसाइकलको नम्बर प्लेट चार थान, मोटरसाइकलको लक एक थान बरामद गरेको छ ।  

चितुवाको छालाको गैरकानूनी कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जानकारी दिँदै परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गिरीले थप अनुसन्धानका लागि चितुवाको छालासहित जिल्ला वन कार्यालयको जिम्मा लगाइने जानकारी दिए । 
+ posts

सम्वन्धित समाचार

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...

ताजा समाचार

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...

आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कश्मिरमा सुरक्षाकर्मीको कारबाहीमा तीन जना विद्रोही मारिए

भारत । भारतको काश्मीरमा सुरक्षाकर्मीले विद्रोहीमाथि कारबाही गरेकाे छ । सो कारबाहीमा परी तीन जना विद्रोहीको मृत्यु भएको छ समाचारहरूमा बताइएको छ...