घूस लिएको अभियोगमा दुई प्रहरी निलम्बित

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो ।

निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

उनीहरुले बा ६ ख ५५६३ नम्बरको सवारी साधनसँग रकम लिएको उजूरी परेको र आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारी साथ निर्वाह नगरेको जनाउँदै निलम्बन गरिएको कार्यालयले जनाएको छ ।

निलम्बित प्रहरीलाई सोधपुछ गर्दा रकम लिएको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा निजहरुमाथि थप छानबिन गर्न समिति गठन गरेको जनाइएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत ९प्रहरी निरीक्षक० रोशन थापाले आफ्नो काममा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी दिए ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत पाँच प्रहरी घुस लिएपछि निलम्बनमा परेका थिए ।

सेवाग्राहीसंँग आर्थिक प्रलोभनमा पर्ने एक प्रहरी निरीक्षकसहित १३ प्रहरी कर्मचारी निलम्बित तथा काममा इमान्दारी प्रदर्शन गर्ने २५ प्रहरी कर्मचारी पुरस्कृत भइसकेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...