सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा फस्टायो रुख फँडानी

काठमाडौँ । सामुदायिक वनका पदाधिकारी र सडक निर्माण कम्पनीबीचको मिलेमतोमा सालको रुख फँडानी भैरहेको छ । डडेलधुरा जिल्लाको भित्री मधेश क्षेत्र आलितालमा निर्माणाधीन डोला चक्रपथ क्षेत्रमा ती जातका रुख फँडानी भएको हो । आलिताल गाउँपालिका–८ अन्तर्गत गोदाम बजारदेखि डोला गाउँ जोड्ने सडक निर्माण क्रममा सामुदायिक वनक्षेत्रमा रहेका रुख काटिएका हुन् ।

आलितालको समपूरक कोषअन्तर्गत सडक निर्माण सुरु गरिएको हो । सडकमा रहेका रुख वन कार्यालयको अनुमतिविना कटानी गरी गोलिया बनाई लुकाइराखेको अवस्थामा फेला परेका छन् । सडक निर्माण गरिँदा रुख कटानको अनुमति नै नहँुदा सालका रुख कटान गरिएको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए । एक सय १० गोलिया थानको करिब ७०० क्यूफिट काठ बरामद गरिएको छ । बाँकी काठको खोजी भइरहेको उनले जानकारी दिए । केही रुख ढलेका अवस्थामा पाइएका छन् । सडक निर्माणका क्रममा सो वन क्षेत्रमा करिब दुई हजार क्युफिटभन्दा बढी काठ काटिएको हुन सक्ने आशंका गरिएको छ ।

काठका गोलिया सम्याउँदै गरिरहेको अवस्थामै रजनी सामुदायिक वनका अध्यक्ष गोपालसिंह धामी र स्थानीयवासी श्याम दासलाई कार्यालयको टोलीले पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा लिई अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

काठ काटिएको सामुदायिक वनबाट काठ निकासी भए नभएका बारेमा अहिले नै भन्न नसकिने उनको भनाइ छ । काठ कटानीका बारेमा छानबिन गर्न अनुसन्धान अधिकृत तोकिसकिएको छ । अबको केही दिनमा सत्यतथ्य पत्ता लाग्ने बताइएको छ ।

सडक निर्माणका क्रममा व्यापक वन फँडानी हुँदासम्म सम्बन्धित सामुदायिक वनले समेत नरोकेको पाइएको छ । यसले सामुदायिक वन र सब डिभिजन वन कार्यालयको पनि मिलेमतो हुन सक्ने आशंका गरिएको छ । सडक निर्माणका क्रममा गत असार महिना पहिले नै रुख काटिएको स्रोतले जनाएको छ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...