अर्घाखाँची अस्पतालका सबै सेवा सञ्चालन

काठमाडौँ । अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बन्द सम्पूर्ण स्वास्थ्य सेवा आजदेखि सञ्चालनमा आएको छ । अस्पताल परिसरस्थित स्वास्थ्य कार्यालयमा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सोमबारयतादेखि आकस्मिक र प्रसूति सेवाबाहेक सम्पूर्ण सेवा बन्द थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा गत सोमबार स्वाब सङ्कलन गरिपठाइएको चिकित्सक र स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सञ्चालनमा आएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए।

 गत आइतबार दुई स्वास्थ्यकर्मी, एकएक सञ्चारकर्मी र  कार्यालय प्रमुखसमेत गरी १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  सङ्क्रमितको सम्पर्कमा आएका १११ जनाको स्वाब सङ्कलन गरी सोमबार पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए  । 
+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...