भारतमा दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिदै

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण र यसबाट हुने मृत्यु बढ्दो क्रममा छन्। त्यहाँ दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिन्छन् र एक हजारको हाराहारीमा संक्रमितको मृत्यु हुन्छ।

आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको कुुल संख्या ३९ लाख ३६ हजार नाघेको छ।

४ करोड ६६ लाख ७९ हजार जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यसको अर्थ त्यहाँ हरेक १२ जनामध्ये एकमा कोरोना संक्रमण भएको छ।

भारतमा अहिले दैनिक १० लाखभन्दा बढी पीसीआर परीक्षण हुन्छ। हिजो बिहीबार झन्डै ११ लाख ७० हजारको पीसीआर परीक्षण भएको छ । २४ घण्टामा यो संख्यामा पीसीआर गर्दा ८३ हजार २४१ जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामै १ हजार ९६ जनाको ज्यान गएको छ। योसँगै मृतकको कुल संख्या ६८ हजार ४७२ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सक्रिय संक्रमितको संख्या ८ लाख ३१ हजारभन्दा बढी छ। ३० लाख ३७ हजारभन्दा बढी त संक्रमणमुक्त भइसकेका छन् ।

कोरोना संक्रमण र मृत्यु दुवै मामलामा भारत अहिले विश्वको तेस्रो मुलुक हो। सबैभन्दा बढी प्रभावित अमेरिकामा ६१ लाख ५० हजारभन्दा बढी संक्रमित भएका छन्। १ लाख ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। दोस्रो स्थानमा ब्राजिल छ, जहाँ ४० लाखभन्दा बढी संक्रमित हुँदा १ लाख २५ हजारको ज्यान गएको छ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...