बिदामा नेपाल फर्किएकाहरु अब यसरी मात्र बहराइन फर्कन पाउने !

काठमाडौँ । बहराइनबाट बिदामा नेपाल फर्किएका नेपाली पुनः बहराइन फर्कन पाउने भएका छन् । धेरै नेपाली बिदामा बहराइनबाट नेपाल फर्किएका बेला विश्वव्यापी कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएका थिए । जसकाकारण उनीहरु नेपालमै रोकिनुपर्‍यो ।

हवाई उडानहरु सुरु हुन लागेपछि पुनः रोजगारीमा बहाल हुन बहराइन फर्किन इच्छुकहरुको तथ्यांक दूतावासले संकलन गर्दै आएको छ । हालसम्म इमेलमार्फत दूतावासमा सम्पर्क गरी बहराइन फर्कन चाहने २११ नेपालीको सूची दूतावासले सार्वजनिक गरेको छ ।

बहराइन फर्कन चाहने प्रत्येक यात्रुले निम्‍न सर्तको अनिवार्य पालना गर्नुपर्नेछ ।

१. कानुनबमोजिम निर्धारित आवश्यक प्रबन्ध (भिसा, श्रम स्वीकृति कोरोना नेगेटिभ रिपोर्ट) तथा कागजात साथमा लिएर यात्रा गर्नुपर्नेछ । एवं आआफ्नो रोजगारदाताले रोजगारी दिने अवस्थाको ग्यारेन्टी स्वयंले लिनुपर्नेछ ।

२. बहराइन आगमनपश्चात बहराइन सरकारबाट सञ्‍चालित “बी अवेयर एप डाउनलोड गरी विमानस्थलमै त्यसमा भएको व्यक्तिगत विवरण भर्नुपर्नेछ । बहराइन पुग्‍नासाथ अध्यागमनमा प्रथमपटक बी.डी. ३० तिरेर कोरोना परीक्षण गराउनुपर्नेछ तथा परिणाम नेगेटिभ आए पनि सात दिन आइसोलेसनमा बसेर पुनः बी.डी. ३० तिरेर कोरोना परीक्षण गराउनुपर्नेछ । सो खर्चको दायित्व निज आफैंले लिनुपर्नेछ ।

३. यात्रा गर्नुअगावै प्रस्थान अनुमतिका लागि नेपाल सरकारबाट निर्देशित सबै सर्त पालना गर्नुपर्ने दायित्व सम्बन्धित व्यक्तिको हुनेछ ।

४. कुनै कारणले बहराइन आइसकेपछि पनि अध्यागमनले प्रवेश अनुमति नदिएको अवस्थामा स्वंय जिम्मेवारी हुनुपर्नेछ ।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...