कोरोना संक्रमण उच्च दरको दोस्रो स्थानमा भारत

काठमाडौँ । कोरोना भाइरस संक्रमणमा भारतले ब्राजिललाई पनि उछिनेको छ। कोरोना संक्रमित धेरै हुने देशको सूचीमा अब भारत विश्वकै दोस्रो भएको छ। पहिलो नम्बरमा अमेरिका छ। भारतमा दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ९० हजार ६३२ जना कोरोना संक्रमित थपिएका छन्।

दैनिक संक्रमणका हिसाबमा यो अहिलेसम्मकै बढी हो। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८११ पुगेको छ। करिब १ अर्ब ३८ करोड जनसंख्या भएको देश भारतमा दैनिक १० लाखको हाराहारीमा कोरोना परीक्षण हुन्छ।

संक्रमणसँगै भारतमा मृत्युदर पनि उच्च छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ६५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म भारतमा ७० हजार ६२६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

मृत्युका हिसाबले भने भारत तेस्रो स्थानमा छ। पहिलो र दोस्रो स्थानमा क्रमशः अमेरिका र ब्राजिल छन्।

+ posts

सम्वन्धित समाचार

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...

आँप खान दिने भन्दै बलात्कार गर्ने पक्राउ

जनकपुरधाम । सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

ताजा समाचार

कश्मिरमा सुरक्षाकर्मीको कारबाहीमा तीन जना विद्रोही मारिए

भारत । भारतको काश्मीरमा सुरक्षाकर्मीले विद्रोहीमाथि कारबाही गरेकाे छ । सो कारबाहीमा परी तीन जना विद्रोहीको मृत्यु भएको छ समाचारहरूमा बताइएको छ...

नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भए : गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भएको बताएका छन् । साथै उनले साना तथा...

नेपालको विकास मात्र होइन, स्वीस बैंकमा नेपालीको रकम देखेर विश्व चकित

सन् २०२० सम्ममा स्वीस बैंकहरूमा नेपाली नागरिकको नाममा ४६ अर्ब ६४ करोड नेपाली रुपियाँ मौज्दात रहेको बताइएको थियो । बिहीबार स्वीट्जरल्यान्डको राष्ट्रिय...