पार्टी एकतापछि दोस्रोपल्ट केपी ओली पेरिसडाँडामा

काठमाडौँ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ। कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो। नेकपा एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बसेको हो। यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पार्टीका बैठकहरु हुने गरेका थिए।

हालैमात्र बालुवाटारमै सम्पन्न स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहितको पार्टी सञ्चालन गर्ने र अर्का अध्यक्ष केपी ओलीले सरकार सञ्चालनमा केन्द्रित हुने सहमति भएको थियो।

पेरिसडाँडामा पहिलो पटक बसेको सचिवायल बैठकमा भाग लिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पनि पुगेका छन्। पार्टी एकतापछि उनी दोस्रोपटक पेरिसडाँडा पुगेका हुन्। यसअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि उनी ०७५ जेठ ४ मा पहिलोपटक पेरिसडाँडा पुगेका थिए।

आजको बैठकमा भदौ २६ गते स्थायी समिति बैठकले गरेका निर्णय कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

उक्त बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्दै अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो।

यस्तै आजको बैठकमा स्थायी समिति बैठककै निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनलगायत प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने विषयमा छलफल पनि छलफल हुने भएको छ।

सचिवालय बैठकका लागि पेरिसाडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ। सचिवालय बैठकका लागि पार्टी कार्यालयमा भौतिक दूरी कायम गरेर टेबुल, कुर्सी लगायत आवश्यक व्यवस्थापन मिलाइएको छ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...