गोर्खाले ज्यान दिए, रगत दिए, बेलायत ! भ्याक्सिन दिने कि ?

                                                                                                                                                                                                                                                        राजन कार्की
सन् १६०३ अर्थात् राजा जेम्स चौथोले श्रीपेच लगाएर युनाइटेड किङ्डम घोषणा गरेदेखि बेलायत राजतन्त्रात्मक मुलुक हो । यद्यपि १६४९ जनवरी २७ मा राजा चाल्र्सलाई ‘खुनी मान्छे’ भन्दै काटेर ओलीभर क्रम्बेलको उदय भयो, १६४९ फेब्रुअरी ७ मा राजतन्त्र अन्त्य गरिएको थियो तर १६६० बाट उता चल्न सकेनन् र १९६१ मा पुन राजतन्त्र स्थापित भयो । राजतन्त्र निरन्तरताको त्यो बेलायत र २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य गरिएको यो नेपाल, मित्रताका दृष्टिले निकट छन् । यद्यपि गोर्खा सेनाले जोडेको सम्बन्धलाई आत्मीय मानिन्छ । आत्मीय छ । सबैभन्दा पुरानो सम्बन्ध हो यो । २०६६ सालमा बेलायत जाँदा मैले देखें– बृटेनको गृहमन्त्रालयको ढोका अगाडि शिरमा टोप र हाफ पाइन्ट लगाएको गोर्खा सिपाहीको सालिक । त्यो सालिक किन राखिएको होला ? दैनिक हजारौंको संख्यामा ओहरदोहर गर्ने बेलायतीहरु त्यो सिपाहीको सालिकमा किन सम्मानले हेर्छन् ?
नेपाल–बेलायतबीचको सम्बन्धको साक्षी हो त्यो सालिक ।

बृटेनका लागि अहिलेसम्म कति हजार अथवा लाख गोर्खा सैनिक सहादत भए, यकिन तथ्याङ्क छैन । गोर्खा ब्रिगेड एसोसियसनको वेभसाइटका अनुसार पहिलो र दोस्रो विश्वयुद्धमा २ लाख ३८ हजार नेपाली युवा ब्रिटिस सेनामा सहभागी भई युद्ध लडे । गोर्खा बहादुरीले ब्रिटिस अखण्डता र वीरताको झण्डा उठाएका थिए । आज पनि यो निरन्तरता बेलायतको थेम्स नदीजस्तै अटुट छ । १९८२ मा फकल्याण्ड युद्धमा गोर्खा फ्रन्टलाइनमा थिए । आधुनिक हतियारका पर्रा छातीमा थापेर बृटेनका लागि लड्ने गोर्खाले बृटेनको झण्डालाई झुक्न दिएनन् । ‘मर्सिनरी’ ‘भाडाका सेना’जस्ता अपमान सहेर पनि गोर्खा सेनाले नमकको सोझो गरे, बृटेनको झण्डा उठाए । जिताए ।


प्रत्येक बेलायतीलाई गोर्खाको बहादुरी कण्ठस्थ छ । त्यसै बेलायतका राजकुमार भूकम्प गएका बेलामा नेपाल आएर ढुङ्गा बोकेर ढलेका नेपालीका घर उठाउन सघाएनन् । आतंकको बारुद पड्किरहदा अफगानिस्तान पुगेका बृटेनका राजकुमार ह्यारीले त्यसै सोधेनन्– गोर्खा सैनिक छन् कि छैनन् ? छन् भनेपछि उनले भने अब म आश्वस्त भएर सुत्न सक्छु । गोर्खासँग काम गर्दा म सुरक्षित अनुभव गर्छु । आज पनि बकिङ्गम प्यालेसको रखवाली गोर्खा सेनाले गर्छ । त्यो बृटेनले बाध्यात्मक र कहालीलाग्दो वर्तमान नेपालको कालखण्ड बुझेको छैन ? बुझेरै महामहिम राजदूत निकोला पोलिटले प्रहरी अस्पतालका लागि अक्सिजन प्लान्ट राख्न सघाउनु भो । लिखित संविधानमा होइन, मानवीय धरातल र नैतिकतामा चलेको बृटेनले नेपाललाई हरेक वर्ष आर्थिक सहयोग दिन्छ, अझै खोप दिने निर्णयमा पुगेको छैन । यो चाहिं आश्चर्य हो । बेलायतका पनि बिगतमा दुःखका दिन थिए । ती दुःखका दिनहरु सम्झेर पढे हुन्छ, नेपालले बेलायतलाई ५७ करोड ५० लाख आर्थिक सहायता दिएको इतिहास पनि छ । गोर्खाले ज्यान त अहिले पनि बाजी थापिरहेकै छन् ।

इतिहासमा उल्लेखित सत्य के पनि छ भने दोस्रो युद्ध हुने भएपछि बृटिस सरकारले नेपालका श्री ३ महाराजसँग जर्मन विरुद्ध लड्न २० पल्टन गोर्खा फौजको आग्रह गरेको थियो । त्यो बृटेन बेलायत आज सम्पन्न छ, सुरक्षित छ । बृटेनको यो वर्तमानका लागि नेपाल र गोर्खाहरूले दिएको साथ र सहयोग बृटेनले भुल्नु नसक्नुपर्ने हो । हुन त, नेपाल र इष्ट इण्डिया कम्पनीबीच नोभेम्बर १, १८१४ देखि मार्च ४, १८१६ सम्मको नालापानी युद्ध (गोर्खा युद्ध) भएर सुगौली सन्धि भएपछि सम्बन्ध स्थापित भएको हो । नेपालको पहिलो दौत्य सम्बन्ध स्थापित भएको देश बृटेन बन्यो । त्यसपछि कहिल्यै सूर्य नअस्ताउने बृटेनको मात्र नेपालमा दूतावास थियो । दूतावास अदवमा थिए । यद्यपि १९३४ मा आएर नेपालको फ्रान्ससँग व्यापारिक सम्बन्ध स्थापित भएको हो । यसपछिमात्र अमेरिकासँग १९४७ मा पद्मशमशेरले सम्बन्ध स्थापित गरेका थिए । यसको दुई महिनापछि बल्ल भारतसँग नेपालको दौत्य सम्बन्ध स्थापित भएको हो । सुगौली सन्धि गर्न १८१५ डिसेम्बर २ मा राजा गिर्वाण विक्रमको अधिकार बोकेर गजराज मिश्र र चन्द्रशेखर उपाध्याय दाहाल गएर इष्ट इण्डिया कम्पनीका कर्णेल पेरिसग्राडसँग सम्झौता गरेका हुन् ।

यसपछि १८५० मा जङ्गबहादुरले बेलायतमा नेपालको झण्डा फहराएका थिए । १९६२ मा नेपालको झण्डाले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । सन २०२० देखि नेपालले झण्डा दिवस मनाउन थालेको छ तर यही वर्ष भारतले नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकको ३ सय ७२ वर्गकिलोमिटर भूभाग भारतको नक्सामा मिलाएर नेपालमाथि गुण्डागर्दी ग¥यो । इतिहासको निर्मम यथार्थ हो– यो सन्धिअनुसार नेपालले दुई तिहाइ भूभाग गुमायो । तर १८५७ मा इष्ट इण्डिया कम्पनीविरुद्ध भएको सैनिक विद्रोहले बृटेनको इज्जत धरापमा परेको थियो । जङ्गबहादुर आफै त्यो सैनिक बिद्रोह समन गर्न अघि सरेर गुन लगाएका थिए । यो बिद्रोह दमन गर्दा जङ्गबहादुरले छोरा जगत जङलाई गुमाउनु प¥यो । यो बृटेनको उज्यालो इतिहास जोगाइदिने नेपालको ठूलो योगदान थियो । त्यतिबेला गुमाएको नयाँ मुलुक अर्थात बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता दिएको थियो । नेपाल–बृटेनका बीचको आधुनिक औपचारिक मैत्री सम्बन्ध भने सन १९२१ मा छलफल भएर १९२३ मा सिंहदरवारमा सही भएको थियो । यो सन्धि नेपाल बृटेनको पुरानो सम्बन्ध, गोर्खाको सेवा र सहादतको दस्तावेज पनि हो । बेलायत नै नेपालको मैत्री सम्बन्ध भएको पहिलो मुलुक बन्यो । बेलायतले नै नेपाललाई स्वतन्त्र, सार्वभौम सम्पन्नको रुपमा स्वीकार गरेको थियो । यही सम्बन्धलाई चन्द्र शमशेरको २५ वर्षको उपलव्धिका रुपमा लिग नेसन्समा पनि दर्ज रहेको छ ।

नेपालले मैत्री अघि र पछिको पहिलो र दोस्रो विश्वयुद्धमा बृटिशलाई सघाएको इतिहास पनि छ । गोर्खा सेनाले हङकङ, मलेसिया, ब्रुनाई, साइप्रस, कोसोभो, फकलेण्ड, इराक, अफगानिस्तानमा लडेका थिए । यसरी बृटेनका लागि लड्दा पचासौं हजार भन्दा बढी गोर्खा सेनाले ज्यान गुमाएका थिए । दुर्भाग्यपूर्ण के पनि देखिन्छ भने, निरन्तर धन, जन र ज्यान दिएर इतिहासदेखि वर्तमानसम्म इज्जत बचाइदिने नेपाललाई भारतले पटक पटक नाकावन्दी लगाउँदा बृटेनले मुख खोलेन । न त २०६३ सालमा राजतन्त्र खुम्चिदा, २०६४ सालमा प्रधानमन्त्री गिरिजाले राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्दा अथवा २०६५ साल जेठ १५ गते राजतन्त्र नै निर्मूल पार्दा मुख खोल्यो । नेपाली सेनाका कर्णेल कुमार लामालाई वर्षाैंसम्म मानवताविरोधी अपराधमा बेलायतमै नजरबन्दसमेत राख्यो । अहिलेसम्म बृटेन नेपालप्रति संन्दिग्ध व्यवहार मै छ ।

मे १५, २००७ मा नेपालका लागि बेलायती राजदूत डा.एन्ड्रु हललाई गोरखा एक्सप्रेस पत्रिकाका माध्यमबाट लेखेको थिएँ– रसुवाका तामाङ जातिमा अनुसन्धान गर्नुभएको छ, नेपाली बिपन्न तर बिपन्नतामा रमाउने महिला, बालबालिकाका लागि केही गर्नोस् । तामाङ जातिको धर्म, रहनसहन, सभ्यता, संस्कृतिमा गहन अध्ययन गर्नुभएको हलले केही काम गर्नुभयो, राष्ट्रका नीतिनिर्माण तहसम्म कसरी सिमान्तकृत जातिलाई उठाउने सोच अगाडि सार्नुभयो । ग्रामिण गरिबी निवारणका लागि पर्यटनमा उहाँको सहयोग प्रशंसनीय रह्यो । बुद्धिष्ट गुम्बाहरुमा पनि उहाँको योगदान भयो । उहाँले भन्नुभएको थियो– बेलायत र नेपालबीच तीन थरिको सम्बन्ध छ । एक बेलायत र नेपाल राजतन्त्रात्मक देश हुन् । (त्यतिबेला) दोस्रो कूटनीतिक सम्बन्ध र भातृत्व गहिरो छ । तेश्रो बृटिश गोर्खाले बेलायतको सुरक्षा, समृद्धि र स्वाभिमानका लागि बिर्सिनै नसकिने गुण लगाएका छन् । यसकारण बेलायत र नेपाल धेरै नजिक छन् । उहाँको कथन सम्झिरहेको छु– Peace and development need to go together….We support all those things.- Dr. Andrew Hall.

उहाँभन्दा अघिका ब्लुमफिल्ड र पछिका राजदूत बढी राजनीतिक भएको गुनासो नेपालीको मनमा तुष बनेर रहेको छ । नेपालीलाई विश्वास छ, तपाई र तपाई पछि आउने राजदूतहरुले सफा मनले नेपालको ग्रामिण विकासका लागि सहयोगी भूमिका निर्वाह गर्नुहुनेछ । हामीलाई थाहा छ– सन १६०६ तिर (विटेनागेमोट) बुद्धिमानहरुको भेला गरेर राज्य सञ्चालनको सुरुआत गर्ने बेलायत पछि म्याग्नम कन्सिलियम हुँदै सन १२१५ को जून १५ मा क्यरियो रेजिस अर्थात बेलायतको रन्निमिडमा राजा जोनले जनताको छोरालाई म्याग्नाकार्टा दिनुपरेको थियो । यसरी जनबल स्थापित हुँदै आजको परिस्कृत र संस्कारयुक्त खारिएका जनताको अभेद्य किल्लाजस्तो बलियो संसदसम्म आइपुगेको संस्दीय संस्कृति र संस्कार छ बेलायती जनतासँग ।

हामीलाई थाहा छ– सन १२६५ मा साइमन डो मन्टफर्टजस्ता विद्वानहरुले जनतलाई सहभागी गराएर पहिलो संसदको बैठक गरेका थिए । राष्ट्रको रक्षाका लागि युद्ध गर्न सामल चाहिंदा राजा एडवर्ड प्रथमले संसद बोलाएको घटना पनि बेलायतकै हो । युरोपमा संसदीय व्यवस्था फस्टाउनुमा बेलायतको भूमिका बिर्सनै सकिन्न । बेलायतीले जर्मनीबाट आएका निरंकूश शासक नर्मन वंशका जर्ज प्रथम र द्वितीय अंग्रेजी नजान्ने भएकाले प्रधानमन्त्रीको सहाराले काम गर्नुपथ्र्यो । त्यो परिस्थितिले सरकार र संसदलाई बलियो बनाउन भूमिका खेलेको रमाइलो यथार्थ पनि बेलायतकै हो । चाल्र्स प्रथमले संसदको अपमान गरे, जनताको भावना बुझेन्न भनेर निरंकूशताविरुद्ध लड्ने सांसदहरुमा हेम्पडेन, पिम, हलिस, हेजरिङ, स्ट्रोडहरुको नाम अमर छन् । इतिहासको यथार्थ हो, विदेशी श्रीमतीको फरमाइस पूरा गर्न राजा चाल्र्सले अत्यन्त जनविरोधी कामहरु गरे, जसको दण्डका रुपमा प्रधानमन्त्री स्टाफर्ड अर्ललाई मुद्दा चलाएर जनताले प्राणदण्ड समेत दिए । सन १६४२ मा राजाकै उपस्थितिमा सांसद सरजोन इलियटले संसदीय अधिकार कुण्ठित गर्नेलाई संसदले माफी नदिने चेतावनी दिएका थिए । यसरी जनताको हित र राष्ट्रको रक्षा गर्दै संस्कारयुक्त बनेको बेलायतको संसद टोनी ब्लेयरको स्वेच्छापूर्व राजीनामा गर्ने युगदेखि बोरिस जोनसनको जनतासँग जनप्रतिनिधि र सरकार उभिने उज्यालो युगसम्म बेलायत आइपुगेको छ । राजनीति गर्नेहरुका लागि देशहित र जनहितको यो चित्ताकर्षक परिदृश्य हो ।

महामहिम राजदूत निकोला पोलिटज्यू, तपाईले देखिरहनु भएको छ– नेपाल पनि संसदीय अभ्यासमा छ । नेपालका लागि बेलायती राजनीति र राजनेतृत्व मार्गदर्शक, उर्जा हुनुपर्ने थियो, हुनसकेन । निरङ्कूशता ढलिसक्यो, लोकतन्त्र स्थापित भइसक्यो तर जवाफदेही लिने संस्कृतिको उदाहरण उभिन सकेन । महामहिम राजदूतज्यू, गत फेब्रुअरी ४ मा तपाईले ट्वीट गर्नुभएको थियो– बेलायत सरकारले कोभ्याकसलाई करीव साढे सात खरब (५५० मिलियन पाउण्ड) रकमको सहयोगले नेपाललाई २० लाख भन्दा बढी डोज खोप आगामी महिनामा आइपुग्ने भएकोले निकै हर्षित छु । तर, मे २०, २०२१ मा परराष्ट्रमन्त्रीले भर्चुअल छलफल गरेर र प्रधानमन्त्रीले तपाईलाई भेटेरै नेपालमा कोरोना महामारीबाट नेपालीलाई बचाउन भ्याक्सिनको सहयोग माग्नुभएको थियो । तपाईको सक्रियताकै कारण हुनुपर्छ, बेलायती संसदमा २ सय वर्ष पुरानो नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै महामारीबाट नेपाललाई बचाउने विषयमा छलफल भएको देखियो ।

आमा, प्रकृति र बाह्य संसारलाई मायाँ गर्ने निकोला पोलिट, तपाईं आफै असल आमा पनि हुनुहुन्छ । सन २०१९ को नोभेम्बरदेखि नेपाललाई प्रत्यक्ष हेरिरहनु भएको छ, पढिरहनु भएको छ । नेपालका लागि बेलायतका २७ मध्येकी ४३ वर्षीय सशक्त महिला राजदूत पनि हुनुहुन्छ । मुख्य कुरो अनुभव हो । तपाई पूर्वी युरोप र एसियामा निर्देशक भएर २ वर्ष काम गरेको अनुभवी पनि हुनुहुन्छ । प्रधानमन्त्रीका सहायक भएर सन २०१४–१६ मा काम गरेको अनुभव र दुव्र्यसनी बालबालिका बारेको धेरै ज्ञान पनि तपाईमा छ । र, सोमालियाको अनुभव, विपद व्यवस्थापन, अफगानिस्तान–भारत–पाकिस्तानजस्ता सार्क सदस्य राष्ट्रमा बेलायती नीति सल्लाहकारको अनुभव पनि तपाईमा पर्याप्त छ । तपाईंको ट्वीटबाट थाहा भयो– बेलायत सरकारको अन्तर्राष्ट्रिय प्राथमिकताहरु जलवायु परिवर्तन, विश्वव्यापी स्वास्थ्य, बालिका शिक्षा, लोकतन्त्र र मानवाधिकार, समृद्धि र स्वतन्त्र व्यापार रहेछ । आगामी ४ वर्षभित्र ४० मिलियन बालिकाहरुलाई स्कूलमा पढाउने बेलायती उद्देश्य गजब हो । तपाईंले भन्नुभएको छ– बेलायती यी सपनाहरु साकार गर्ने यात्रामा आउनसक्ने बाधा अवरोधहरुसँग लड्दै एकसाथ अघि बढौं । तपाईं र तपाईंको देश बेलायतका यी महान मानवीय उद्देश्य परिपूर्ति गर्न नेपालको पूर्ण सहयोग रहनेछ ।

यतिबेला नेपाल गरीवी, कोराना महामारी र नैतिकताको खडेरीसँग जुधिरहेको छ । यी खडेरीको अन्त गर्न बेलायतले पर्याप्त सहयोग गर्नसक्छ, यी कार्य तत्काल सुरु गर्नसक्छ । बेलायतका सम्माननीय प्रधानमन्त्री बोरिस जोन्सनज्यू, नेपालमा कोरोना संक्रमित र मृत्युदर बढेको छ । बालबालिका जोखिममा छन् । किन बेलाती मैत्रीकार्य तत्काल सुरुआत नगराउने ? बेलायतको मानवीय र मैत्रीकार्य कोभिडविरुद्धको खोप पाउनका लागि छटपटाएका नेपालीहरुलाई खोप उपलब्ध गराएर सुरु होस् भन्ने आग्रह गर्दछौं ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...