पेस्तोल र खुकुरीसहित दुई जना पक्राउ

काठमाडौं । पेस्तोल र खुकुरीसहित दुई जनालाई मोरङ  प्रहरीले  नियन्त्रणमा लिएको छ। मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले कटुवा पेस्तोल र राइफलको गोली सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका वडा नम्बर ९ देवी झोडा बस्ने ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय पदम कुमार लिम्बु रहेका छन्। सूचनाको आधारमा प्रहरीले गणेश लिम्बुको घरमा खानतलासी गर्ने क्रममा भान्सा कोठाबाट कटुवा पेस्तोल राइफलको गोली ५ वटा, गोली लोड गर्ने चाचर २ वटा, पेस्तोलको गोली एउटा फेला पारेको थियो। त्यस्तै उनकै घरमा पार्क गरेको पदम कुमार लिम्बुको को १ च ८३६८ नम्बर को कारमा खुकुरी एक वटा, चक्कु समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी मानबहादुर राईले जानकारी दिए। हातहतियार तथा खरखजना कसुरमा उनीहरूविरूद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...