९३ प्रतिशत नेपाली जनता खोपबाट बञ्चित, प्रधानमन्त्रीले भने दुवै डाेज लगाए

काठमाडाैं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसको अर्थ के हो भने ९३ प्रतिशत जनता खोपबाट बञ्चित भएका छन् । प्रधानमन्त्रीले भने दुवै डाेज लगाएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो मात्रा र ८ लाखभन्दा बढी नागरिकले पहिलो तथा दोस्रो खोप लगाएका हुन् । तथ्यांकमा नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ६६ हजार ४ सय ८५ उल्लेख छ ।

सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजनासमेत बनाएको छ । गत १४ माघ २०७७ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो । हाल, चीनले अनुदान उपलब्ध गराएको १० लाख मात्रा भेरोसिल खोप लगाउने अभियान जारी छ । यद्यपि, काठमाडौं महानगरपालिकासहित केही पालिकामा खोप सकिएपछि अभियान स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई लगाउनुपर्ने देखिएको छ । राजधानी दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।

नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ । देश...

ताजा समाचार

प्रचण्ड भन्छन्, मन्त्री पद माग्नेहरूको हुलले घेराबन्दीमा परें

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मन्त्री बन्न चाहनेका कारण स्वयं तनावमा रहेको बताएका छन् । उनले मन्त्री...

लागुऔषध चरेशसहित तीन पक्राउ

जनकपुर । सर्लाहीबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११...

पिल्लरले थिच्दा आठ वर्षीय बालकको गयो ज्यान

इलाम । खेल्ने क्रममा सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा इलाम नगरपालिकामा बालकको मृत्यु भएको छ। इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ...