लमहीमा गाडी तोडफोड गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

दाङ । दाङको लमहीमा गएराति गाडी तोडफोड गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूचना पाएको ६ घण्टाभित्र उक्त युवाहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा लमही नगरपालिका–५ रातोडाडा निवासी २६ वर्षीय रोशन भेटवाल र वडा नम्बर ६ देउपुर निवासी २७ वर्षीय सुदन केसी रहेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका भेटवाल र केसीले कुनै ब्यक्तिगत रिसिबीले नभई मादक पदार्थले मातेपछि गाडी तोडफोड गरेको समक्ष बयान दिएका प्रहरी निरीक्षक पौडेलले बताए ।

बिहान साढे ६ बजे गाडी तोडफोड भएको खबर सबैतिर फैलिएसँगै तत्काल प्रहरी निरीक्षक पौडेलले प्रहरी नायब निरीक्षक निर्मल केसीको कमान्डमा व्यापक प्रहरी परिचालन गरेका थिए । बजारमा राखिएका सीसी टिभीका फुटेजका आधारमा प्रहरीले आफ्नो अनुसन्धान अघि बढाएको थियो । सीसी टिभी फुटेजकै आधारमा प्रहरीले मादक पदार्थ सेवन गरेर गाडी तोडफोड गर्ने उक्त दुई जना युवालाई नियन्त्रणमा लिएको हो ।

+ posts

सम्वन्धित समाचार

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।

नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ । देश...

ताजा समाचार

प्रचण्ड भन्छन्, मन्त्री पद माग्नेहरूको हुलले घेराबन्दीमा परें

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मन्त्री बन्न चाहनेका कारण स्वयं तनावमा रहेको बताएका छन् । उनले मन्त्री...

लागुऔषध चरेशसहित तीन पक्राउ

जनकपुर । सर्लाहीबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११...

पिल्लरले थिच्दा आठ वर्षीय बालकको गयो ज्यान

इलाम । खेल्ने क्रममा सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा इलाम नगरपालिकामा बालकको मृत्यु भएको छ। इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ...