महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै पत्राचार गरेको छ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयोगले त्यसको प्रतिलिपि संलग्न गरी ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको हो।

योसँगै राजपाको आधिकारिकतासम्बन्धी विवादको निरूपण प्रक्रिया औपचारिक रूपमै सुरु भएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यादव पक्षले आधिकारिकता दाबी गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा २ अनुसार अध्यक्ष यादव पक्षलाई सूचना दिइएको बताए ।

‘पार्टीको आधिकारिकता विवादमा कुनै एक पक्षले आधिकारिकता दाबी गरेपछि दाबी र प्रमाणको प्रतिलिपि संलग्न गरी लिखित जबाफ पेस गर्न अर्को पक्षलाई १५ दिनको सूचना दिनुपर्ने व्यवस्था छ,’ श्रेष्ठले भने, ‘सोहीअनुसार अर्को पक्षलाई सूचना दिइएको हो ।’

आयोगले पत्र पठाएसँगै अब ठाकुर पक्षले आफ्नो लिखित जवाफ एवं त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्नुपर्नेछ। तर १५ दिनभित्र जवाफ पेस गर्न नसके वा सम्बन्धित पक्षको अनुरोधमा १० दिन समय थप गर्नसमेत सक्ने व्यवस्था ऐनमा छ ।

यो व्यवस्थाअनुसार ठाकुर पक्षले तोकिएको १५ र समय नपुगेको अवस्थामा थप १० दिन लिएर कुल २५ दिनभित्र आफ्नो आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गरिसक्नुपर्नेछ। नागरिक दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

ताजा समाचार

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ

झापा | स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो १२ बजे झापा...

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।