११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा विषय अध्ययन गर्छन् ।

केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिए । अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो । नागरिक दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।

नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ । देश...

ताजा समाचार

प्रचण्ड भन्छन्, मन्त्री पद माग्नेहरूको हुलले घेराबन्दीमा परें

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मन्त्री बन्न चाहनेका कारण स्वयं तनावमा रहेको बताएका छन् । उनले मन्त्री...

लागुऔषध चरेशसहित तीन पक्राउ

जनकपुर । सर्लाहीबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११...

पिल्लरले थिच्दा आठ वर्षीय बालकको गयो ज्यान

इलाम । खेल्ने क्रममा सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा इलाम नगरपालिकामा बालकको मृत्यु भएको छ। इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ...