झरीको दिनमा बजेट भ्याउन पिच


विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट सक्ने धुनमा सडक भित्रै बिजुलीका पोल भए पनि त्यसलाई व्यवस्थित गर्न महानगरले भ्याएन । असार १५ मा काम नसके बजेट फ्रिज हुने भएकाले हिलो र झरिमै भए पनि कालोपत्रे गर्ने तयारीमा महानगर लागेको छ। 

महानगरको २ नम्बर वडाको स्वस्तिक मार्गमा मात्रै यो वर्ष कालोपत्रेमा १० लाख रुपैयाँ महानगरले सक्दैछ । अघिल्लो वर्ष यस स्थानमा नाला निर्माणका लागि २९ लाख १२ हजार ६ सय २६ रुपैयाँ सकिएको थियो। अब अर्को वर्ष बिजुलीको पोल सार्दा यो सडक र नाला भत्केर पुनः बनाउनुपर्ने अवस्था आउनेछ। कुनै दीर्घकालीन योजना बिना असारमा यसरी बजेट सक्नेतर्फ मात्रै ध्यान दिँदा करोडौं रकम खेर जाँदै छ। 

यो त एक उदाहरण मात्रै हो। प्रदेश १ का प्राय सबै तहका वडामा अहिले बजेट सक्न हिलो र झरिमानै धमाधम काम भइरहेका छन्। जुन दिगो हुने कुनै लक्षण देखिँदैन। विराटनगर महानगरपालिकासँगै जोडिएका बूढीगंगा गाउँपालिका–२ मा अहिले नाली निर्माण र सडक ग्राभेलको काम चलिरहेको छ। अबको १० दिनमा सबै काम सक्ने चटारो वडाध्यक्ष रेवतीनारायण चौधरीलाई छ। उनी भन्छन्, ‘बजेट किन फ्रिज गर्ने, काम गर्दा राम्रै होला नि।’  अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

+ posts

सम्वन्धित समाचार

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।

नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ । देश...

ताजा समाचार

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।

नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ । देश...

प्रचण्ड भन्छन्, मन्त्री पद माग्नेहरूको हुलले घेराबन्दीमा परें

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मन्त्री बन्न चाहनेका कारण स्वयं तनावमा रहेको बताएका छन् । उनले मन्त्री...

लागुऔषध चरेशसहित तीन पक्राउ

जनकपुर । सर्लाहीबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११...

पिल्लरले थिच्दा आठ वर्षीय बालकको गयो ज्यान

इलाम । खेल्ने क्रममा सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा इलाम नगरपालिकामा बालकको मृत्यु भएको छ। इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ...